होटल ओपेराको भित्तामा लेखियो यो अवैध संरचना हो, तत्तकाल खाली गरौँ,


कञ्चनपुर : क्रान्तिकारी कम्युनिष्ट पाटी(बैद्य) निकट क्रान्तिकारी युवा संगठनले महेन्द्रनगरको होटल ओपेराको पार्किङ्ग स्थल र स्वमिङ्ग पुलमा भित्ते लेखन गरेको छ ।

क्रान्तिकारी कम्युनिष्ट पाटी(बैद्य) निकट क्रान्तिकारी युवा संगठनले बुधबार नगर विकास समितिको अवैध जमिन भन्दै कालो ब्यानर टाँसेको थियो उक्त ब्यानर त्यहाँ बाट हटाए पछि क्रान्तिकारी युवाले आइतबार फेरी रातो कलरले भित्ते लेखन गरेको हो ।

आइतबार दिउँसो क्रान्तिकारी युवा संगठनले ‘यो अवैध संरचना हो, तत्तकाल खाली गरौँ, भन्ने लेखिएको छ । होटल ओपेराले भने उक्त संरचना नगरविकास संग लिखित सम्झौता गरेर वैध तरिकाले लिजमा लिएको जनाउँदै आएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img