प्रकाश मेमोरियल पब्लिक स्कुलको पुरुस्कार वितरण तथा अभिभावक भेला २०८० सम्पन्न

कञ्चनपुर : कञ्चनपुरको भीनपा–५ स्थित प्रकाश मेमोरियल पब्लिक स्कुलको २७ औं पुरुस्कार वितरण तथा अभिभावक भेला २०८० सम्पन्न भएको छ ।

No description available.

शनिबार विद्यालयको प्राङ्गगणमा भएको कार्यक्रममा शैक्षिक तथा खेलकुदमा अब्बल विद्यार्थीलाई पुरुस्कार वितरण गरिएको थियो । विद्यार्थीद्वारा प्रर्दशन गरिएको सांस्कृतिक कार्यक्रमले आगन्तुक प्रमुख अतिथी, अतिथी र अभिभावकहरुको मन प्रफुल्ल पार्नुको साथै निकै राम्रो प्रर्दशनी गरेका थिए । नर्सरी देखि कक्षा आठ सम्म पढाई हुदै आएको उक्त विद्यालयमा ३००को हाराहारीमा विद्यार्थी रहेका छन् । वार्षिक प्रगति प्रतिवेदन विद्यालयकी प्रिन्सपल निलम आलेले प्रस्तुत गर्नु भएको थियो । साथै ‘आगामी दिनमा शैक्षिक गुणस्तर बढाउन विद्यार्थीहरुलाई प्राजेक्टको माध्यमबाट पढाई हुने पनि बताउनु भयो जसको मद्दतले विद्यार्थीहरुलाई कुनै पनि वस्तुको जानकारी गर्न मद्दत मिल्ने छ।’ उनले भनिन, ‘विद्यालयमा यस प्रकारको कार्यक्रमले विद्यार्थीको चौतर्र्फी विकासगर्न मद्दछ मिल्ने छ ।’

No description available.

प्रकाश मेमोरियल पब्लिक स्कुलको पुरुस्कार वितरण तथा अभिभावक भेलामा जापान कराते डो.कोशिकाई सितोरियो संघ नेपालको कंचनपुर जिल्ला कभर्डहलका खेलाडीहरुले ज्यानको बाजी लगाई हातले टायल तोडने, राष्ट्रिय खेलाडी सोनम पुजाराले आफ्नो जिउको माथिबाट मोटर साईकल गुडाउने तथा शरिरको विभिन्न भागमा टुयुबलाईट फोडने जस्ता कार्य गरेर कार्यक्रमा भेला भएका अभिभावक तथा प्रमुख अतिथीहरुलाई अचम्मित पारेका थिए । विभिन्न विद्यालयमा आफुहरुले त्यहाँ अध्ययनरत विद्यार्थीलाई कराते प्रशिक्षण गराई रहेको र आफुरुहले प्रशिक्षण गराई रहेको विद्यालयमा यस प्रकारको कार्यक्रम आयोजना गरी देखाउदै आएका कराते डो. कोशिाई सितोरियो का गुरु हन्सीले बताए ।

No description available.

विद्यालयका वि.व्य.स.का अध्यक्ष रोशन गुरुङ्गको सभापतित्वमा प्रमुख अतिथी जिल्ला समन्वय समित प्रमुख दुर्गादत्त बोहरा रहेका थिए । अतिथीहरुमा विभिन्न विद्यालयका प्राचार्य , समाजसेवी तथा वडा अध्यक्षहरु रहेका थिए कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक अपिल ओझाले गरेका थिए ।

ताजा समाचार