दोधारा चाँदनीका मृगौला पिडित राधाको उपचारमा तमु समाजको सहयोग

दोधारा । दोधारा चाँदनीका मृगौला पिडित राधा गुरुङ्गलाई तमु समाज दोधारा चाँदनीले उपचारमा सहयोग गरेको छ् । दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोज निवासी राधा गुरुङ्ग लामो समय देखि मृगौलाको समस्याबाट ग्रसित बन्दै आएका छन् । तमु समाज दोधारा चाँदनीको टोलीले राधा गुरुङ्गको घरमै पुगेर रु. ८ हजार ६ सय ६० रुपिँया सहयोग गरेको तमु समाज दोधारा चाँदनीका अध्यक्ष तमान सिंह गुरुङ्गले जनाएका छन् । अध्यक्ष तमान सिंह गुरुङ्गका अनुसार तमु समाजको कोषबाट रु. ५ हजार र मयुर कृषक समुह दोधारा चाँदनी– ८ गैरिवारे टोलबाट रु. ३ हजार ६ सय ४० रुपिँया गरि जम्मा रकम रु. ८ हजार ६ सय ६० रुपिँया राधा गुरुङ्गको उपचारको लागी सहयोग गरिएको हो ।

मृगौला पिडित राधा गुरुङ्गको दुबै मृगौलामा समस्या देखिएपछि उनको उपचारको लागी भारत लगाएत बिभिन्न स्थानमा लगिएको हो । आर्थिक अवस्था दैनिय रहेका राधाको उपचारको लागी दोधारा चाँदनी नगरपालिका क्षेत्रमा गठित जातिय संगठन तमु समाजले उपचारका सहयोग गरेको हो । तमु समाजका अध्यक्ष आर्थिक अवस्था कमजोर भएर उपचार गर्न समस्या भएका गुरुङ्ग घरपरिवारको लागी तमु समाजको कोष अन्तर्गत सहयोग गरिएको अध्यक्ष तमान सिंह गुरुङ्गले बताएका छन् ।

यस अघि रुखबाट खसेर शक्त घाईते भएका दोधारा चाँदनी नगरपालिका– ६ निवासी वर्ष ३८ का शेर बहादुर गुरुङ्गको उपचारको लागी रु. ५ हजार नगद रकम सहयोग गरेको तमु समाज दोधारा चाँदनीले जनाएको छ् ।

राधाको आर्थिक अवस्था निकै दैनिय रहेको कारण उपचार गर्न समस्या भएको अवस्थामा सहयोगको लागी सबैलाई आह्वान गरिएको छ् ।

ताजा समाचार