नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघले पुनर्वासमा पनि आफ्नो २६१औं सैनिक दिवस मनाए

कञ्चनपुर : कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वासमा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघले आफ्नो २६१औं सैनिक दिवस मनाएको छ । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ कञ्चनपुर क्षेत्र नं १ ले पुनर्वास स्थित भूतपूर्व सैनिक संघको सभा हलमा संघका अध्यक्ष जित बहादुर तामाङको सभापतित्वमा नेपाली सेना हिताधीकारी कल्याण केन्द्र प्रमुख आ.प्र. मह सेनानी श्री. इन्द्र कुमार रानाभाट ज्यूको प्रमुख आतिथ्यतामा संघले शुभकामना आदानप्रदान तथा बडाभोजको आयोजना गरि भब्यताका साथ मनाएको छ । कार्यक्रममा नेपाली सेना दिवस राष्ट्रको गौरव हो, नेपालीको इज्जत हो भन्दै राष्ट्रभक्ति गीत प्रस्तुत गर्नुका साथै परापूर्वकालदेखि वर्तमानसम्म नेपाल र नेपालीका लागि वीरगति प्राप्त गर्ने ज्ञात÷अज्ञात सम्पूर्ण नेपाली सेनाप्रति सेना दिवसका अवसरमा भावपूर्ण श्रद्धाञ्जलिसहित सलाम अर्पण गरिएको थियो।

शुभकामाना अदान प्रदान र वडा भोजको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट नेपाली सेना हिताधीकारी कल्याण केन्द्र प्रमुख आ.प्र. मह सेनानी श्री. इन्द्र कुमार रानाभाटले नेपाली सेनाको सही सदुपयोग गर्न सकेको खण्डमा विपद् बेलामा, विकास निर्माणको काममा समृद्धि हासिल गर्न सकिने उल्लेख गर्नुभयो। उहाँले नेपाली सेना र सबै तहका सरकारहरूबिच समन्वय गरेर काम गर्नु हामी सबैको दायित्व रहेकोले सम्पुर्ण अवकास प्राप्त सैनिकहरू एकजुट हुन जरुरी रहेको औँल्याउनुभयो। सम्बोधनको क्रममा उहाँले विश्व सामु वीर गोरखालीको रुपमा परिचय प्राप्त गर्न वीर सैनिकहरुले पुर्‍याएको योगदान र बलिदानबाट सम्भव रहेको हुँदा यसले सिङ्गो देशको प्रतिष्ठा बढाउनुका साथै देशको लागि अपरिहार्य रहेको भूतपूर्व सैनिक जनशक्तिले समाजको विकासमा समेत महत्वपूर्ण भूमिका निभाई नेपाल सरकारको लक्ष्य ुुसमृद्ध नेपाल सुखी नेपालीुु मा प्रत्यक्ष रुपमा टेवा पुर्‍याउन बहालवाला तथा भूतपूर्व सैनिकहरुको सहकार्यमा सम्भव हुने बताउनु भयो । यसैगरी विशिष्ट अतिथिको रूपमा रहनुभएका भारतीय भुपु सैनिक हनेरेवल क्याप्टेन जीन बहादुर तामाङ ले नेपाल राष्ट्रिय भुतपूर्व सैनिक संघले अवकास प्राप्त सैनिक को हकहित संरक्षण र संवद्र्धन गर्ने जिम्मेवारीलाई सफलताका साथ सम्पन्न गरेकोमा बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो ।

अतिथिको रुपमा रहनुभएका नेपाली भारतीय भुपु सैनिक संघ पुनर्वासका अध्यक्ष सुबेदार मेजर मान बहादुर तामाङले शुभकामना दिनुहुँदै नेपाली सेनाका संस्थागत मुल्य,मान्यताहरु, रितीरिवाज र पेशेवर संस्कारलाई अवकाशपश्चात पनि जीवन्त राख्न भूपू सैनिकहरुले खेल्दै आउनु भएको भूमिका महत्वपूर्ण रहेको र भविष्यमा पनि राखि राख्न अनुरोध गर्नुभएको थियो ।त्यसैगरी सभापतिको आसनबाट बोल्नुहुँदै आ.प्र. जम श्री जित बहादुर तामाङ्गले कञ्चनपुरको दक्षिणी भेग स्थित नेपाली सेनाबाट अवकाश प्राप्त नेपाली सेनाका ३ सय बढी आबद्ध यो संघले भूतपूर्व सैनिकका हक हित, समाज सुदृढीकरणमा काम गर्दै आएको जानकारी दिनुभयो। उहाँले‘विपद्मा उद्धार, पुनः स्थापना, राहत वितरण जस्ता समाजसेवाका काम पनि गर्दै आएका जिकिर गर्नुभयो। उहाँले भन्नुभयो हामी पूर्व सैनिक भएकाले विधि र नीति भित्रबाट गर्ने कर्म गर्दै आएका छौँ ।’

कार्यक्रममा स्वागत मन्तब्य राख्नुहुँदै सञ्चालक समितिका उपाध्यक्ष महतराले नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ नेपाली सेनाबाट अवकाश प्राप्त भूतपूर्व सैनिकलगायत परिवारहरुको कल्याण र परिआएको समयमा देश र जनताको रक्षा गर्ने मुलभूत लक्ष्यसहित राज्य र सेनाप्रति पूर्ण आस्था र निष्ठासहित एक विशुद्ध सामाजिक संस्थाको रुपमा स्थापना भएको बताउनुभयो । कार्यक्रममा आमन्त्रित अतिथि गण,अवकास प्राप्त नेपाली सेना, भारतीय सेना र सेनाका परिवार लगायत समाजसेवी, बुद्धिजिवि एवं प्रतिनिधि, पत्रकार ‌लगायतको उपस्थिति रहेको थियो भने उक्त कार्यक्रमलाई नेपाल राष्ट्रिय भु.पु. सैनिक संघ क्षेत्र न. १ का सचिव आ.प्र. हुद्धा सुक बहादुर तामाङ्गले सञ्चालन गर्नुभएको थियो।

ताजा समाचार