महाकाली बहुप्राविधिक शिक्षालयलद्वारा प्राविधिक स्वास्थ्य शिक्षाका बारेमा अभिमुखीकरण

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली बहुप्राविधिक शिक्षालयले भीमदत्तका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई प्राविधिक स्वास्थ्य शिक्षाका बारेमा अभिमुखीकरण गराएको छ। बिहीबार शान्ति निकेतन, सिद्धनाथ मावि गड्डाचौकी र सत्यवादी मावि बनगाउँका विद्यार्थीहरूलाई शिक्षालयले अभिमुखीकरण गराएको हो। शिक्षालयका निर्देशक पर्मल साउदका अनुसार विद्यार्थीहरूलाई प्राविधक स्वास्थ्य शिक्षा सम्बन्धी जानकारी दिन उक्त कार्यक्रमको आयोजना गरिएको हो।

उनले भने ‘सामुदायिक विद्यालयका एसइइ परीक्षाको तयारीमा बसेका विद्यार्थीहरूलाई प्राविधक स्वास्थ्य शिक्षामा पहुँच अभिवृद्धि गर्न, प्राविधक शिक्षा समबन्धी विद्यार्थीले पाउने छात्रवृत्ति, भर्ना प्रक्रिया, लक्षित कोटा, प्रवेश परीक्षाको पाठ्यक्रम, प्रवेश परीक्षा सञ्चालन हुने समय लगायतका विषयमा हामिले विद्यार्थीहरूलाई जानकारी गराएका छौँ।’ साथै उनले उक्त कार्यक्रम भीमदत्तका १९ वटै वडाका सम्पूर्ण सामुदायिक विद्यालयमा सञ्चालन गरिने उनको भनाइ रहेको छ।  शिक्षालयका प्रशिक्षकद्वय चुडामणी शर्मा र महेश महराले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रशिक्षक भागरथि भट्ट, प्री फार्मेसी क्लबका अध्यक्ष सिर्जना न्यौपाने, मिडिया हाउस क्लबका अध्यक्ष जीवन भट्ट लगायतको सहभागिता रहेको थियो।

ताजा समाचार