जलवायु मैत्री लघु उद्यमशिल्तालाई तथा ब्यावसायिककरण सिप विकास तालिम सम्पन्न

हेन्द्रनगर । नेपाल राष्ट्रिय समाज कल्याण संघ(एनएनएसडब्लुए) कञ्चनपुरले जलवायु मैत्री लघु उद्यमशिल्ता तथा व्यावसायीकरण सिप विकास तालीम सम्पन्न गरेको छ ।

संघले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका र भिमदत्त नगरपालिकाका ४२ जना उद्यमी, कृषक,सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरुलाई जलवायु मैत्री लघु उद्यमशिल्ता तथा व्यावसायीकरणबारे प्रशिक्षण दिदै तालिम सम्पन्न गरेको हो ।

बाताबरण प्रदुषण रहित राख्ने, मानिसको स्वास्थ्यमा असर पार्ने क्यामिकल ग्यासहरुको उत्पादनलाई न्युनिकरण गर्ने र एनएनएसडब्लुए संग जोडिएका समुहहरुलाई त्यस्ता किसीमका साना उद्योग,व्यापसायीहरुलाई कसरी अगाडि बढाउने भन्ने हेतुका साथ जुत्ता उद्योग,ईन्टलक ब्लक उद्योग,भर्मि कम्पोष्टमल,बाँस उद्योग,दुना टपरी उत्पादन जस्ता उद्योगहरुलाई बढावा दिन तालिमको आयोजना गरेको कार्यक्रम संयोजक राज कुमार सुनारले बताए ।

सुनारले एनएनएसडब्लुएसंग जोडिएका साना उद्योग युवाहरुका लागि स्वरोजगार मुखी भएकाले लघु उद्यमीहरुले उत्पादन गरेको स्थानिय उत्पादनलाई पनि सजिलै बजारीकरण गर्ने,ब्यावसालाई साना उद्योगमा दर्ता गरी ब्यावसाय कसरी गर्ने सकिन्छ त भन्ने तालिको उदेश्य रहेको संयोजक सुनारको भनाई रहेको थियो ।

ताजा समाचार