सुप विश्वविद्यालयको निमित्त उपकुलपतिमा थापा

कञ्चनपुर : सुदूरपश्चिम विश्वविद्यालयको निमित्त उपकुलपतिमा कर्ण थापालाई नियुक्त गरिएको छ । सुप विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले निमित्त उपकुलपतिमा थापालाई नियुक्त दिईएको छ ।
कानुन संकायका डीन समेत रहेका थापालाई निमित्त उपकुलपतिको जिम्मेबारी दिईएको विश्वविद्यालयले जनाएको छ ।

यस अघि अम्मराज जोशीको कार्यकाल सकिएपछि रिक्त रहेको सुप विश्वविद्यालयको उपकुलपतिको निमित्त जिम्मेबारी थापालाई दिईएको छ । थापालाई निमित्त उपकुलपतिको जिम्मेबारी दिएको विषय सुप विश्वविद्यालयका प्राद्यापक कर्मचारी, विद्यार्थीले बधाई दिईरहेका छन ।

ताजा समाचार