राप्रपा नेतृ श्रेष्ठ सारी व्यवसायमा

कञ्चनपुर : राष्ट्रिय प्रजातन्त्र पाटी(राप्रपा) कञ्चनपुरकी एक नेतृ सारी व्यवसायमा जुटेकी छिन । राप्रपा कञ्चनपुरकी नेतृ एव महिला संगठन अध्यक्ष हेलेन श्रेष्ठ सारी व्यवसायमा जुटेकी हुन । राप्रपा नेतृ सिहले भीमदत्त नगरपालिका १८ महेन्द्रनगर गल्ली नम्बर १मा हिमान्सी सारी पसल खोलेर व्यवसाय तर्फ सकृय भएकी छिन ।

सात बर्ष अघिपनि सिहले सारी पसल संचालन गरेकी थिईन । कोरोना महामारी लगायतका कारणबाट स्पेशललाईनमा रहेको पसल हटाएर पुन सिहले सारी व्यवसायी शुरु गरेकी छिन । बिहीबारदेखि औपचारिक रुपमा पसलमा कारोबार शुरु गरेकी छिन । उनले राजनीतिसंगै आत्मनिभर बन्नका लागि व्यवसायमा जुटेको बताईन । उनले सारी पारखीहरुको रोजाई अनुरुप विभिन्न प्रकारका सुपथ मुल्यमा गुणस्तरिय सारी बिक्रि वितरण गरिने बताईन ।

ताजा समाचार