भीमदत्तमा कानुनी सचेतना तालिम

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकाले न्याय निरुपणका लागि मेलमिलाप सम्बन्धी कानुनी सचेतना अभिमुखिकरण(तालिम) संचालन गरेको छ । भीमदत्त नगरपालिका न्याय समितिले न्यायिक निरुपण तथा मेलमिलाप सम्बन्धी कानुनी सचेतना अभिमुखिकरण(तालिम) संचालन गरेको हो । न्यायपालिका सदस्य नर बहादुर साउदले वडा स्तरमै आउने समान्य प्रकृतिका विवाद निरुपणका लागि नगरका १९वटै वडाका वडा सदस्य, मेलमिलापकर्ता एव सहजकर्ताहरुलाई तालिम दिएको बताए ।

उनका अनुसार १देखि १९वटै वडा सदस्य, मेलमिलापकर्ता एव सहजकर्ताहरुलाई तालिम दिएको छ । ‘हामीले गाँउघरमा आउने समान्य प्रकृतिका विवाद निरुपणका लागि स्थानीय सरकारलाई प्राप्त अधिकारको उपभोग गर्दै विवाद समाधान गर्ने गराउने उदेश्य हो, ‘उनले भने, त्यही भएर सरोकारवालाहरुलाई तालिम लिएका छौँ ।’ भीमदत्त नगरकी उपप्रमुख एव न्याय समिति सयोजक निलक लेखकले स्थानीय सरकारबाट न्याय निरुपणका लागि सरोकारवालासंग समयमै अभिमुखिकरण गराएर विवाद समाधान गर्नका लागि तालिम संचालन गरिएको बताए ।

उनले तालिममा सिकेका विषयबस्तु वयवहारिक कार्यान्वयमा जोडदिईन । तालिमका सहभागिहरुले समेत सिकेका विषयबस्तु आ–आफ्नो वडा, गाँउघरमा प्रयोग गर्दै समान्वय प्रकृतिका विवाद, पालिका, अदालत नपु¥याउने बताएका छन ।

ताजा समाचार