रेटिना ईन्टरनेशनल स्कुलको १३औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

कञ्चनपुर: कञ्चनपुर भीमदत्त नगरपालिकाको एक संस्थागत विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । बुधबार भीमदत्त नगरपालिका १६ मझगाँउमा रहेको रेटिना ईन्टरनेशनल स्कुलको १३औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । बार्षिकोत्सव कार्यक्रममा प्रिन्सिपल तिलक भट्टले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक गुणस्तरमा जोडदिएका छन ।

प्रिन्सिपल भट्टले विद्यार्थीलाई नियमित शैक्षिक पाठ्यक्रमका साथै अभ्यासका माध्यमबाट शैक्षिक स्तर बृद्धि गर्ने प्रतिबद्धा जाहेर गरेका छन ।कार्यक्तममा प्रमुख अथिति समेत रहेका भीमदत्त नगरका उपमेयर निलम लेखक जोशीले रेटिना विद्यालयले शैक्षिक स्तरबृद्धिको प्रसंसा गर्दै भावि दिनमा समेत स्तरबृद्धिमा जोडदिए । बिशिष्ठ अथिति समेत रहेका भीमदत्त नगरपालिका १६का वडाध्यक्ष केशव विष्टले रेटिकाले शैक्षि स्तरबृद्धिका कार्यक्रम गरिरहेको बताए ।

कार्यक्रममा उत्कृष्ठ विद्यार्थीहरुलाई प्रमाण पत्रका साथै पुरस्कार वितरण गरिएको छ । भने विवित साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको छ । रेटिना ईन्टरनेशनल स्कुलका अध्यक्ष कृष्ण सिह ठगुन्नाको सभापतित्वमा भएको कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक सहितका जनप्रतिनिधीको सहभागिता रहेको थियो ।

ताजा समाचार