लागुऔषध नियन्त्रणका लागी दोधारा चाँदनीमा अभिमुखिकरण, न्युनिकरण गर्न युवाहरु प्रतिबद्ध

दोधारा । दोधारा चाँदनीमा लागुऔषध नियन्त्रणका लागी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ् । शुदुरपश्चिमाञ्चल महिला जागरण उत्थान संस्थाको आयोजना र दोधारा चाँदनी नगरपालिका– ४ वडा कार्यालयको सहयोग र माईती नेपाल कञ्चनपुरको सहकार्यमा एक दिने लागुऔषध नियन्त्रणका लागी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिएका छन् । कार्यक्रममा वडामा बसोबास गर्ने ३० जना किशोर, किशोरीहरुको सहभागिता रहेको थियो ।

लागुऔषध नियन्त्रणका लागी अभिमुखिकरण कार्यक्रम उद्धघाटन सत्रमा दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनार, वडा सदस्य गगन बहादुर सिंह, पदमराज भट्ट, हिरमा चन्द, सरस्वती देबी लोहार, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सु्द्दढ परियोजनामा अधिकृत गणेश ठगुन्ना, सशस्त्र प्रहरी बल सिमा सुरक्षा नेपाल प्रस्तावित गुल्मका गुल्मपती तथा सशस्त्र प्रहरी नायव उपरिक्षक दिपक बहादुर कुवँर, माईती नेपाल कञ्चनपुरका प्रतिनिधी, संचारकर्मी लगाएत अभिमुखिकरणका सहभागीहरुको उपस्थिती रहेको थियो । दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले बिशेष गरि युवाहरु लागुऔषधको कुलतमा फस्दै गएकोमा चिन्ता ब्यक्त गरेका छन् ।

युवाहरु देशका कर्णधार हुन भन्दै युवाहरुले लागुऔषधको कुलतमा युवाहरु फस्दै गएको अवस्थामा वडा कार्यालयले बिशेष गरि युवाहरुलाई कुलतबाट जोगाउन अभिमुखिकरण कार्यक्रम संचालन गरेको वडाध्यक्ष भक्त बहादुर सुनारले बताएका छन् । लागु औषध नियन्त्रण गर्नको लागि नेपाल सरकारले बिशेष कार्य योजना बनाएर अगाडी बढ्नु पर्ने अवस्था श्रजना भएको वडाध्यक्ष सुनारको भनाई रहेको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सु्द्दढ परियोजनामा अधिकृत गणेश ठगुन्नाले संचालन गरेको अभिमुखिकरणमा सशस्त्र प्रहरी बल सिमा सुरक्षा नेपाल प्रस्तावित गुल्मका गुल्मपती तथा सशस्त्र प्रहरी नायव उपरिक्षक दिपक बहादुर कुवँरले प्रशिक्षण गरेका थिए ।

युवा शक्ति कुलतमा फस्नु भनेको मुलुकलाई घाटा भएको बताउदै वडा सदस्य गगन बहादुर सिंहले हाम्रा परिवार, टोल छिमेकका कुनै युवा कुलतमा फस्दैछ भने बेलैमा सचेत गराउन र कुलतबाट छुटकरा दिलाउनको लागि आ–आफ्नो स्थानबाट महत्व पूर्ण भुमिका खेल्न सबैलाई आग्रह समेत गरेका छन् । समाजमा लागुऔषध दुव्र्यशनको तथ्यांक घटाउनको लागि स्थानीय निकाय, प्रदेश सरकार र संघिय सरकारको कार्यक्रमहरुलाई एक्कै ठाँउमा राखेर सम्पुर्ण सरोकारवाला निकायहरुले संयुक्त रुपमा प्रभावकारी कार्यक्रम गर्न सक्नु पर्ने वडा सदस्य सिंहको भनाई रहेको छ् ।

दोधारा नगरपालिकालाई लागुऔषध दुव्र्यशन मुक्त नगरपालिका बनाउने उद्धेश्यले अभिमुखिकरण संचालन गरिएको अर्का वडा सदस्य पदमराज भट्टले बताएका छन् । लागूऔषधको नकारात्मक प्रभाव, कारण, बच्ने तरिका र दण्ड सजायको बारेमा अभिमुखिकरणका सहभागीहरुलाई सशस्त्र प्रहरी बल सिमा सुरक्षा नेपाल प्रस्तावित गुल्मका गुल्मपती तथा सशस्त्र प्रहरी नायव उपरिक्षक दिपक बहादुर कुवँरले प्रशिक्षण गरेका थिए ।

कार्यक्रममा सहभागी किशोर, किशोरीहरुले लागुऔषध न्युनिकरण गर्ने कार्यमा प्रतिबद्धता जनाएका छन् ।

ताजा समाचार