मेलामा स्थानीय संस्कृति तथा स्थानीय खानाका परिकारहरु पनि महत्व

कञ्चनपुर  :  कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हिजोबाट सुरु भएको छ । उद्योग वाणिज्य संघ कञ्चनपुरको आयोजनामा हुन गईरहेको मेलामा स्थानीय संस्कृति तथा स्थानीय खानाका परिकारहरु पनि महत्व दिइएको छ ।

महोत्सवमा स्थानीय युवा हिक्मत बहादुर बम र निरज कार्की ले मिलेर सुदुरपश्चिमका स्थानीय खानाका परिकारहरु राखेका छन् । उनीहरूले स्टलमा मकैको रोटी , कोदोको रोटी तथा माणा( चामलको पिठोबाट बन्ने रोटी) लगायतका अन्य परिकार राखिएका छन् । स्टल सञ्चालक हिक्मत बहादुर बमले स्थानीय खानालाई प्रवर्द्धन र मौलीक संस्कृतिलाई जगेर्ना गर्ने हेतुले यो स्टल राखिएको बताए । उनले भने , “ पछिल्लो समय हाम्रा परम्परागत खानाका परिकार दिन प्रतिदिन लोप हुँदै गएका छन् । स्थानीय खानालाई प्राथमिकता दिएर त्यसको बजारीकरण गर्न र स्थानीय खानालाई व्यवसायिकता संग जोड्न यो स्टल राखेका छौ।”

आयोजक उद्योग वाणिज्य संघ कञ्चनपुरको सचिवालयका सह-संयोजक पुष्कर साउदले औद्योगिक व्यापार मेलामा ब्यवसायी र उपभोक्ता बीचको समान किनबेचको वातावरण सिर्जना गरिएको बताए । साउदका उनका अनुसार मौलिक खाना, कृषि उत्पादन , थारु संस्कृति जस्ता कुरामा विशेष प्राथमिकता प्रदान गरिएको छ ।

फागुन २१ गते उदघाटन गरिएको महोत्सव १० दिन सम्म चल्ने छ । १० दिनसम्म संचालन हुने महोत्सवमा २ लाख दशकले मेला अवलोकनदेखि ५ करोडको कारोबार हुने अनुमान गरिएको छ । मेला अवलोकनका लागि विद्यार्थी तर्फ ५० र सर्वसाधारण एक सय रुपैया निर्धारण गरिएको छ । मेला ३० फागुनसम्म संचालन हुनेछ ।

ताजा समाचार