दोधारा चाँदनी– ५ मा गरिब तथा विपन्नहरुलाई आवास निमार्ण कार्य सुरु, विपन्न परिवारमा खुशीयाली

दोधारा । दोधारा चाँदनी नगरपालिका– ५ मा विपन्न तथा गरिब घरपरिवारको आवास निमार्ण कार्य प्रारम्भ गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ५ वडा कार्यालयको कार्यक्रम तथा योजना अनुसार वडामा बसोबास गर्ने कच्ची घर भएका तथा आर्थिक अवस्था दैनिय रहेका तिन घरपरिवारको आवास निमार्ण कार्य सुरु गरिएको दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले जानकारी दिएका छन् । आज वडाको ईन्द्रा टोल निवासी नन्दा देबी बोहराको आवास निमार्ण सुरु गरिएको छ् । आवास निमार्णको सुभारम्भ गर्दै दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले निर्वाचनको बेला आफुले गरेको बाँचा पुरा गर्दै आएको बताएका छन् ।

आफु र आफ्नो वडाको टिम पुर्णरुपमा जनताको सेवामा समर्पित रहेको बताउदै गरिब तथा विपन्न घरपरिवारको लागी सदैव वकालत गर्ने वडाध्यक्ष केशव खत्रीले बताएका छन् । वडाका रहेका बिष्ट टोलका भविसरा मगर, ईन्द्रा टोलका नन्दा देबी बोहरा र लक्ष्मी थापा मगरको यस आर्थिक वर्षमा आवास निमार्ण गरिने गरि कार्यक्रम अघि बढाईएको उनले बताएका छन् । जस्तापाता सहित २ कोठा र एक बराम्दा रहेको तिन आवासको निमार्ण तयारीमा जुटेको वडा कार्यालयको रु. ७ लाख ५० हजार बजेट बिनियोजन गरहेको छ् ।

गरिब र विपन्नहरुलाई सहयोग र वकालत गर्दै आएको भन्दै वडाध्यक्ष खत्रीलाई विपन्न घरपरिवारले धन्यबाद दिदै आएका छन् । ‘गरिव तथा बिपन्नकै कारण कच्ची घरमा बस्दै आएका तिन घरपरिवारलाई छनौट गरेका छौं’ वडाध्यक्ष केशव खत्रीले भने ।

ताजा समाचार