दोधारा चाँदनी– ४ मा बेमौसमी तरकारी खेती र बाख्रापालन तालिम सम्पन्न, कृषी उत्पादनमा जोड

पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिका– ४ मा बेमौसमी तरकारी खेती र बाख्रापालन तालिम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको आयोजना र नेपाल सरकार उद्योग बाणिज्य तथा आर्थिक मन्त्रालयको आर्थिक सहयोगमा ७ दिने बाख्रापालन तालिम र बेमौसमी तरकारी तालिम सम्पन्न भएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिएका छन् । वडामा बसोबास गर्ने ३५ जना महिला तथा पुरुष किसानहरुलाई उक्त तालिम संचालन गरिएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताएका छन् । केही दिन अघि लघुउद्यम बिकास शाखा कार्यालयले संचालन गरेको तालिम पश्चात किसानहरुले ईच्छाएको तालिम अनुसार बाख्रापालन तालिम र बेमौसमी तरकारी तालिम संचालन गरिएको वडाध्यक्ष सुनारले बताएका छन् । बेमौसमी तरकारी तालिममा १३ जना र बाख्रा पालन तालिममा २२ जना किसान तालिममा सहभागी भएका छन् ।

समापन सत्रमा बोल्दै वडाध्यक्ष भक्त बहादुर सुनारले अबका दिनहरुमा वडामा रहेका रहेका किसानहरुलाई उत्पादन कार्यमा जोड दिने प्रकारको कार्यक्रम ल्याउने बताएका छन् । वडाध्यक्ष भक्त बहादुर सुनारले तालिममा सिकेका कुरा नितान्तरुपमा व्यवहारमा उतार्न सके सरकारले संचालन गरेको तालिमको पुर्ण महत्व रहने बताउदै आगामी आर्थिक वर्षमा किसानमुखी कार्यक्रम संचालन गरि कृषी उत्पादनमा जोड दिने बताएका छन् । वडा सदस्य गगन बहादुर सिंहले किसानहरुले उत्पादन जोड दिन सके वडा कार्यालयले किसानहरुलाई हुनसक्ने सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

नेपाल कृषी प्रधान देश भएको कारण पनि सबैले उत्पादनमुखी कार्यक्रम गरि संचालन गरे आर्थिक उन्नती हुने वडा सदस्य गगन बहादुर सिंहले बताएका छन् । वडा कार्यालयको सभा कक्षमा तालिमको बिधिवतरुपमा सम्पन्न बेमौसमी तरकारी खेती र बाख्रापालन तालिममा वडाध्यक्ष भक्त बहादुर सुनार, वडा सदस्य पदमराज भट्ट, गगन बहादुर सिंह, दोधारा चाँदनी नगरपालिका पशु शाखा कार्यालयका नन्दराज भट्ट, उद्यम बिकास शाखाका सहजकर्ता मोहन देव भट्ट लगाएत तालिमका सहभागीको उपस्थिती रहेको थियो ।

तालिमका प्रशिक्षक कृषी शाखा कार्यालयका शाखा प्रमुख कमलापती भट्ट, तालिमका प्रशिक्षक पुर्ण बहादुर साँउद, टिकेश्वरी बिष्ट, नन्दराज भट्ट, बिरेन्द्र कुँवर, राजमती धामी, पशु शाखाका नन्दराज भट्ट लगाएत रहेका थिए । बेमौसमी तरकारी खेति, लहरे तरकारी खेती, अर्गानिक तरकारी खेति, बजारमुखी तरकारी खेती र तरकारीमा लाग्ने रोग किराको ब्यवस्थापन लगाएतका बाख्रा पालनमा आउने समस्या, बजारिकरण, पशु बिमा लगाएत तालिमका बिषय बस्तु रहने बताईएको छ् ।

तालिम पाए संगै उत्पादनका निकै सहयोग पुग्ने किसानहरुको ठहर छ् । समापन सत्रमा तालिममा सहभागीहरुलाई पशुको औषधी, तरकारीको बिउ लगाएत प्रमाण पत्र बितरण गरिएको वडा कार्यालयले जनाएको छ् ।

ताजा समाचार