गौरादेवी मन्दिरको सत्सङ भवनको शिलान्यास कार्यक्रम सम्पन्न

कञ्चनपुर : गौरादेवी मन्दिरको सत्सङ भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । मंगलबार भीनपा १८, कटान स्थित गौरादेवी टोलमा रेहेको गौरादेवी मन्दिर परिसरमा गौरादेवी सत्सङ्ग भवनको सिलान्यस सम्पन्न भएको हो । गौरा देवी सांस्कृति सेवा समितिका अध्यक्ष राजेन्द्र के.सी.ले पुजा पाठ गर्नु भएको थियो भने नेपाली क्राग्रेसका प्रमुख सचेतक तथा कञ्चनपुर क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य रमेश लेखकद्वारा शिलान्यास गरिएको गौरा देवी सांस्कृतिक सेवा समितिका पण्डित दिर्घराज भट्टले बताए ।

May be an image of 8 people

‘हाम्रो संस्कृति, कला जोगाउनको लागि यस प्रकारको कार्य जरुरी रहको’ कार्यक्रमका प्रमुख अतिथी नेपाली क्राग्रेसका प्रमुख सचेतक तथा कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य रमेश लेखकले बताए । उनले भने ‘गौरादेवी मन्दिरको सत्सङ भवनको निर्माण पछि यस भेगका बासिन्दालाई पुजा पाठ र सत्कर्मको कार्य गर्न सहयोग मिल्ने छ ।’ साथै आगामि दिनमा पनि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

May be an image of text that says "अनुसुची て (नियम ११ को उपनियस (૧) को खण्ड (जप) संग सम्बन्धित निर्माण कार्यस्थल सूचना पाटी आयोजनाको नाम गौरा मन्दिर सत्संग भवन निर्माण कार्यलय को नाम संघीय आयोजना कार्यन्वयन इकाई, कैलाली निमार्ण कम्पनीको नाम :गंगेश्वर निमार्ण सेवा भी.न.पा. १८ आयोजना सम्कौता मिति २०7०1११।३ गते कार्य सम्पन्न गर्नु पर्ने मिति २०7१1३1१५ लागत अनुमान 以४,४४,३४०.६३ सम्कौता रकम :रु. ६४,६५,३३४.४६ बजेटको स्रोत नेपाल सरकार मुख्य कार्य सतसंग भवन विवाह मण्डप लगायत निर्माण"

नेपाल सरकारको संघीय आयोजना कार्यान्वयन ईकाई कैलालीद्वारा गौरा मन्दिर सत्सग भवनको निर्माण लागत अनुमान झन्डै १ करोड रहेको उक्त निर्माण भवनको सम्झौता रकम ६४ लाख ६५ हजार ३ सय ३४ हजार रहेको छ २०८० फाल्गुन ३ गते आयोजना सम्झौता भएको उक्त गौरा मन्दिर सत्सग भवनको निर्माण कार्य २०८१असार १५ मा सम्पन्न हुनु पर्ने छ । गंगेश्वर निमार्ण सेवा भीनपा–१८ले निर्माण गर्ने भएको छ ।

May be an image of 7 people

कार्यक्रममा भीनपा–१८ का वडा अध्यक्ष तथा वडा सदस्य, पत्रकार, शिक्षक लगायत समाजसेवीहरुको पनि सहभागिता रहेको थियो ।

ताजा समाचार