कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्र्तरगत रहेको कञ्चनपुरको एक उपभोक्ता समुहको बार्षिक साधारण सभा सम्पन्न भएको छ । कञ्चनपुर भीमदत्त नगरपालिका १६ मझगाँउ कृष्ण टोलमा रहेको कृष्ण उपभोक्ता समुहको २८ औँ बार्षिकोत्सव सम्पन्न भएको हो । मंगलबार एक कार्यक्रमका विच कृष्ण उपभोक्ता समुहले विवित कार्यक्रम गरेर बार्षिक साधारण सभा सम्पन्न गरेको जनाएको छ । कृष्ण उपभोक्ता समुहका अध्यक्ष पुष्कर बहादुर सिहले समुह २७ बर्ष अघि स्थापना भएको समुहले समुदायमा थुप्रै विवित समाजिक कामकाज गरेको बताए । अध्यक्ष सिहले २ जेठ ०५३ सालमा सरकारी योजना अनुरुप कृष्ण उपभोक्ता समुहको स्थापना भएको बताए ।

उनले स्थापना कालदेखि समुदायमा संरक्षणका थुप्रै कार्यक्रम संचालन गरेको बताए । प्राकृतिक स्रोत साधनमा समुदायको पहुँचदेखि आर्थिक रुपमा विपन्न विद्यार्थी, समुदायका मानिसलाई आवश्यक सहयोग गरेर शैक्षिक, आर्थिक क्षेत्रमा कामकाज गरेको बताए । ‘हामीले समुदायमा नियमित बचत पनि गर्दै गयौँ, साथै उक्त बचत तिनै उपभोक्ता समुहका सदस्यहरुमा वितरण गरेर आर्थिक उन्नतीका कार्यक्रम संचालन पनि गर्दै आएका छौँ ।’ समुदायलाई सरक्षणका कार्यक्रममा सहभागि गराएर पर्यावरण एव बन्यजन्तुको सरक्षणका लागि काममा समेत अग्रसर गराईएको छ । २८ बर्षको अवधिमा १करोड बढि बचत गरेर समुदायमै लगानी गरेको बताए । आगामी दिनमा समेत पर्यावरण सरक्षणका लागि समुदायलाई साथमै लिएर जाने योजना रहेको अध्यक्ष सिहले बताए । बार्षिक साधारण सभामा समेत विपन्न विद्यार्थीलाई छात्रबृति वितरणदेखि समुदायका अगुवाहरुलाई सम्मान गरिएको बताए । कार्यक्रममा समुदायको बृद्धि विकासका लागि भूमिका निर्वाह गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।

कृष्ण उपभोक्ता समुहको गठन गर्नका लागि २जेठ ०५३सालमा आयोजित प्रथम भेलाको अध्यक्षता ग्रहण गरेका नेपाली सेनाका अवकास प्राप्त लेप्टन एव समाजसेवी, समुहका सदस्य काशीदत्त भट्ट, समुहको स्थापनादेखि अनवरत रुपमा सेवा गर्दै आएका उपाध्यक्ष समेत धर्मराज उपाध्याय, सरस्वती मावि परखेडीका पुर्व प्रअ एव समुहको कामकाजमा प्रत्यक्ष भूमिका निर्वाह गरेका बेद प्रकास भट्ट, समुहको नियमित बैठकमा उपस्थिति भई सहयोग गर्दै आएका एव कृष्ण मन्दिरका पुजारी दुर्गादत्त अवस्थी, समुहको बचत रकमबाट उत्कृष्ठ कारोबार गर्ने सदस्य कर्ण बहादुर नेगीलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । आर्थिक रुपमा विपन्न सरस्वती मावि कक्षा ७ का छात्र खेमराज जोशी र सोही विद्यालय कक्षा ६मा अध्ययनरत छात्रा नन्दिता नेगीलाई अध्ययनका लागि नगद २/२ हजार छात्रबृति प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुप विश्वविद्यालय ईन्जिनियरिङ्ग संकायका डीन प्राडा किशन दत्त भट्टले समुहले सरक्षणका कामकाज गर्दै समुदायको समाजिक बृद्धि विकासका भूमिका निर्वाह गरेको भन्दै प्रसंसा गरेका छन । बिशिष्ठ अतिथि जिल्ला समन्वय समितिका सदस्य मोहन बहाुदर महता, भीनपा १६का वडाध्यक्ष केशव विष्ट सहितका अतिथिहरुले समेत कृष्ण उपभोक्ता समुहले सरक्षणका साथै समुदायमा समाजिक कामकाज गरेको भन्दै आगामी दिनमा समेत समुदाय र पर्यावरण सरक्षणका कामकाजमा जोडदिएका छन । कृष्ण उपभोक्ता समुहका अध्यक्ष पुष्कर बहादुर सिहको अध्यक्षतामा भएको कार्यक्रममा समुहका पदाधिकारी, सदस्य, जनप्रतिनिधी, शिक्षक, सरक्षणकर्मी सहित स्थानीयको सहभागिता रहेको थियो ।







