निड्स नेपाल कञ्चनपुरको रजत जयन्ती : समाजिक न्याय र सम्बृद्धिको मार्गमा


कञ्चनपुर : राष्ट्रिय वातावरण तथा समविकास समाज (निड्स नेपाल)ले अढाई दशक यात्रा पुरा गरेको छ । निड्स नेपाल कञ्चनपुरले २० फागुन ०८० मा २५ बर्षे यात्रा पुरा गरेको हो । २० फागुन ०५५ सालमा जिल्लाको दक्षिणी क्षेत्र साविक (रामपुर ,श्रीपुर र लक्ष्मिपु)हाल, बेलौरी नगरपालिकामा स्थापना भएको निड्स नेपालले विभिन्न अरोहअवरोह पार गर्दै २० फागुन ०८० देखि २६ औँ बर्षमा पाईला टेकेको छ । निड्स नेपालले २५ औँ बर्ष पुरा गरेर २६औँ बर्षका प्रवेस गरेको अबसरमा स्थापना दिवस मनाएको छ । निड्स नेपालले आइतबार बेलौरीमा एक कार्यक्रमका विच रजत जयन्ती समेत मनाएको हो । रजत जयन्तीका अवसरमा निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले अढाई दशक अघि राज्यको पहुँच भन्दा टाढा रहेका जनतालाई मानव अधिकार एव आत्मनिर्भर बनाउने उदेश्यका साथ स्थापना भएको बताए । ७ जना स्थानीयबाट शुरुवात भएको संस्था अहिले सयौँ सदस्य रहेको बताए । सीमावर्ती गाँउमा जन्मिएको संस्थाले पछिल्ला बर्षहरुमा राष्ट्रिय स्तरमा साझेदारी कार्यक्रम संचालन गर्न लागेको प्रमुख कार्यकारी निर्देशक रेग्मीले बताए ।

No description available.

‘हामीले गाँउमा ०५५ सालमा खोलेको संस्थाको ०६० मा जिल्ला हुँदै अहिले राष्ट्रिय स्तरमै काम गर्न लागेका छौँ, ‘उनले भने, ‘मातृ प्रदेश सहित अन्य प्रदेशका समेत हामीले कार्यक्रम संचालन गरिरहेका छौँ ।’ आमा समुहको ब्याजबाट शुरुवात गरिएको संस्थाको कामकाज अहिले तीनै तहका सरकार एव राष्ट्रिय अन्र्तराष्ट्रिय दातृ निकायबाट संचालन गर्न सफल भएको उनले बताए । यो पच्चिस बर्षको अवधिमा १अर्ब भन्दा बढि लगानीका कार्यक्रम संचालन गरिएको प्रमुख कार्यकारी निर्देशक रेग्मीले बताए । यसविचमा १सय १६साना ठुला परियोजना मार्फत मानव अधिकार, आत्मनिर्भर, कृषि, सुरक्षित अप्रबासन, जलवायु परिर्वतन सहितका कार्यक्रम संचालन गरिएका छन । २५ बर्षको अवधिमा साढे आठ लाख भन्दा बढि घरधुरी प्रंत्यक्ष लाभान्वित भएका छन । भावि दिनमा समेत संस्थाले मानव अधिकारदेखि आत्मनिर्भरका कार्यक्रम संचालन गर्ने घोषणा गरेका छन । रजत जयन्तीको अवसरमा शुभकामना दिने सरोकारवाला वक्ताहरुले निड्स नेपालले समाजको बृद्धि विकासका क्षेत्रमा अतुलनिय भूमिका निर्वाह गरेको धारणा व्यक्त गरेका छन । निड्स नेपालकै कार्यक्रम मार्फत उद्यम भएका चुरेगाँउपालिका खानिडाँडा कैलालीका युवा बालकृष्ण सापकोटाले आफु निड्सकै कार्यक्रम मार्फत प्रभावित भएर अहिले उद्यमी बनेको बताए । जनप्रतिनिधीहरुले समेत निड्सको कामकाज सरानिय भएको बताएका छन ।

No description available.

शुक्लाफाँटा नगरका मेयर रण बहादुर महराले विकास निर्माण समाजिक सचेतनाका क्षेत्रमा काम गरेको बताए । मेयर महराले निड्स नेपालले गर्ने कामकाजमा पालिकाले समेत साझेदारी गर्ने बताए । निड्सका संस्थापक सल्लाहकार एव समाजसेवी प्रेमसिह बोहाराले संस्थाले आगामी दिनमा थप नागरिकको क्षेत्रमा कार्यक्रम संचालनमा सुझाव दिए । निड्स नेपालका संस्थापक अध्यक्ष नवराज रेग्मीले समाजको बृद्धि विकासका लागि स्थापना गरिएको संस्थाले पछिल्ला दिनहरुमा समेत समाजकै आवश्यकता अनुरुप कामकाज गरिरहेको र भावि दिनमा समेत गर्ने प्रण गरेका छन । कार्यक्रममा निड्स नेपाले अघि सारेका लक्ष्य, उदेश्य एव कार्यक्रम सफल पार्नका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष भूमिका निर्वाह गर्ने कर्मचारी, संस्थाका पदाधिकारी, उद्यमी, पत्रकार, जनप्रतिनिधीहरुलाई सम्मान गरिएको छ । संचारकर्मी तर्फ रवि विवस, भाष्कर केसी, डिल्लीराज पन्त, गोकुल जोशीलाई दोसल्ला प्रमाण पत्रका साथै सम्मान गरिएको छ । युवा उद्यमी करम सिह राना, सुरेश चौधरी, साईतु चौधरी, पुष्पराज रोकाया, पदमा सुनार, कविता लुहार, समाजिक अभियन्ता कृष्णा तिरुवा, कर्मचारी बसुन्धरा बस्नेत, निर्मला थापा, डिल्लीराज भट्ट, नवराज रेग्मी, धर्मराज जोशी संस्थापक सल्लाहकार प्रेमसिह बोहरा, केशव दत्त बडू, गोपाल पाण्डेय, टेक बहादुर सिह, नरेन्द्र राज रेग्मीलाई सम्मान गरिएको छ ।

No description available.

जनप्रतिनिधी तर्फ बेलौरी नगरका मेयर पोतिलाल चौधरी, पुर्नवासका मेयर तोया प्रशाद शर्मा, दोधाराचाँदनीका मेयर किशोर लिम्बु, लालझाडी गाँउपालिका अध्यक्ष निर्मल राना, भीमदत्त नगरपालिका कार्यपालिका सदस्य अञ्जली बोहरा सहितका जनप्रतिनिधीहरुलाई सम्मान गरिएको छ । यसका साथै अन्य विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अथिति समेत रहेका गैसस महासंघका केन्द्रीय अध्यक्ष राम प्रशाद सुवेदीले निड्स नेपाल केन्द्रीय कार्यालय बेलौरीको परिषरमा २५ रक्त चन्दनका बिरुवा बृक्षारोपण गर्दै सुदूरपश्चिम क्षेत्रमा निड्स नेपालले गरिएको कामकाजको उच्च प्रसंसा गरेका छन । गैसस केन्द्रीय अध्यक्ष सुवेदीले संस्थाले क्षेत्र विस्तार गरेर समाजको आवश्यकता अनुरुप कामकाजमा जोडदिनुभयो । निड्स नेपाल कञ्चनपुरका अध्यक्ष दुर्गा खरेलको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधी, सरोकारवाको सहभागिता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img