एन.आर्ई.सि एसिया लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम २०८०


कञ्चनपुर : एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कञ्चनपुरको महेन्द्र्रनगरमा समूह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । संस्थाले मझगाँउ शाखा अन्तर्गतका ५४ जना समूहको प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । प्रमुख अतिथि कलुवापुर उप प्रदेश कार्यालयका अनुगमन अधिकृत भुबन राज पाठकले वित्तीय साक्षरता सम्बन्धि शिक्षा, कर्जा, बचत बारे जानकारी विधमान लघुवित्तका समस्या, त्यसका समाधान र लघुवित्त किन आवश्यक छ भन्ने वारे जानकारी साथै आधुनिक डिजिटल प्रविधि तथा मोबाइल बैंकिङसँग सम्बन्धित विषयमा प्रशिक्षण दिएको जनाइएको छ ।

शाखामा भएका कुल २५३ वटा समूहमध्येबाट ३ वटा समूह पुरस्कृत भएको तथा उत्कृष्ट ॠणीमा केन्द नं.२१६ कि सदस्य जानकी सार्की उत्कृष्ट बचतकर्तामा केन्द्र नं.०६० कि सदस्य श्री जानकी रावल उत्कृष्ट केन्द्र प्रमुखमा केन्द्र नं.०२० कि सदस्य श्री शारदा देवि पाठकलाई समेत सम्मान गरिएको अनुगमन अधिकृत पाठकले बताए । यस कार्याक्रमको संचालन यसै शाखाका शाखा प्रमुख धर्मानन्द जोशीले गर्नुभएको थियो भने स्वागत मन्तव्य तथा कार्यक्रमको संक्षीप्त परिचय शाखा कार्यालय चाँदनीदोधाराका शाखा प्रमुख हिरण्ड कुमार विष्टले जानकारी गराउनु भएको संस्थाले जनाएको छ ।

कार्यक्रममा शाखा कार्यालय मझगाँउका कर्मचारी साथै समाजसेवि व्यक्तिहरुको पनि सहभागीता रहेको थीयो कार्यक्रममा वित्तीय संस्थाले हाल बजारमा देखिएका विविध समस्या समाधानका लागि सामूहिक सहयोग, सामूहिक प्रयासमा सदस्यहरुको अहम भुमिका रहेको तथा यस्ता वित्तीय कार्यक्रम बाट त्यसका लागी सहयोग पुग्ने अपेक्षा समेत लिएको जनाइएको छ । कार्यक्रमको उध्यक्षता यसै शाखा द्रारा संचालीत केन्द्र नं.१७८ कि प्रमुख धना देवि कुवँरले गर्नु भएको थियो


Loading Viewer...

ताजा समाचार

spot_img