शुक्लाफाँटामा आखाँ शिविरबाट तीन सय बढीले सेवा पाए

झलारी : शुक्लाफाँटा नगरपालिका वडा नं ५ गर्जमुनिमा आज आज आयोजित आखाँ शिविरबाट तीन सय २३ जनाले सेवा लिनु भएको छ । नगरबासीलाई घरदैलोमै आँखा उपचार सम्बन्धी सेवा प्रदान गर्नका नगरपालिको धनगढी नेत्रालयको प्राविधिक सहयोगमा आँखा शिविर सञ्चालन गरेको हो । शिविरमा आँखा चेकजाँचका लागि पुगेका मध्ये ३० जनाको शल्यक्रिया गरिने भएको छ ।

No description available.

आँखामा मासु पलाएका, मोतिया बिन्दु भएका र जलविन्दु भएका विरामीको नेत्रालयमा निःशुल्क शल्यक्रिया गरिने नगरपालिकाको स्वास्थ्य शाखाका सिअहेव अधिकृत हरि नाथले बताउनु भयो ।शिविरमा उपचारका लागि पुगेका दृष्टीकमजोर भएका ५२ जनालाई चश्मा वितरण गरिएको उहाँले जानकारी दिनु भयो । उहाँका अनुसार अन्य आँखा सम्बन्धी समस्या भएका विरामीलाई परामर्श दिने कार्य संगै आवश्यकताका आधारमा निःशुल्क रुपमा औषधी वितरणको कार्य गरिएको छ ।

No description available. वडा बासिलाई घर दैलोमै आँखा सम्बन्धी परामर्श संगै उपचार पुरयाउनका लागि शिविरको आयोजना गरिएको वडा अध्यक्ष चक्र बहादुर खडकाले बताउनु भयो । शिविरबाट विपन्न, गरिव, दलित, आदिवासी जनजाती, महिला, जेष्ठ नागरिकले सेवा पाएको उहाँको भनाई रहेको छ । नगरपालिकाले १२ वटै वडामा क्रमश ः आँखा शिविरको आयोजना गर्दै आएको छ ।

Open photo

ताजा समाचार