नेपाल बैंक लिमिटेड र मन्त्र हँस्पिटल बिच समझदारी पत्र (एमओयू) हस्ताक्षर

कञ्चनपुर : नेपाल बैंक लिमिटेड र मन्त्र हँस्पिटल बिच समझदारी पत्र (एमओयू) हस्ताक्षर भएको छ । शुक्रबार नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलक पाण्डेय र मन्त्र हँस्पिटलका अध्यक्ष कैलास चन्द्र भट्ट बिच समझदारी पत्र (एमओयू) हस्ताक्षर भएको हो । कुनै पनि नेपाल बैंक लिमिटेडमा खाता खोलेको व्यक्तिले सप्रमाण उपचारको लागि मन्त्र हँस्पिटलमा आएमा विरामीलाई भर्ना हुने बेला देखि डिसर्चाज हुने बेला सम्म नेपाल बैंक लिमिटेड र मन्त्र हस्पिटल बिच भएको समझदारी पत्र (एमओयू)अनुरुप छुट मिल्ने छ ।

समझदारी पत्र (एमओयू) हस्ताक्षर अनुरुप ओपिडिमा र ईमरजेन्सीमा २५ प्रतिशत र जर्नरल बेड, आईसियु, एनआईसियूमा १५ प्रतिशत र क्याबिनमा २० प्रतिशत छुट रहने छ फार्मेसीमा पनि केही प्रतिशत छुट रहेको छ तर यो सुविधा प्राप्त गर्नको लागि सेवाग्राहीले नेपाल बैंक लिमिटेडमा आफ्नो खाता रहेको प्रमाण देखाउनु पर्ने छ, त्यसको लागि बिरामीले एटिम कार्ड, चेक, अथवा मोबाईल बैकिङ्ग जस्ता प्रमाण देखाउनुपर्ने छ ।

‘नेपाल बैंक लिमिटेडमा रहेका कुनै पनि ग्राहकहरु विरामी भएको अवस्थामा भर्ना भए देखि डिस्र्चाज हुने बेला सम्म सम्पुर्ण सुविधाहरुमा (एमओयू)भएको सम्झौता बमोजिम विभिन्न किसिमका छुट पाउने मन्त्र हस्पिटल सँग सहकार्यको लागि यो सम्झौता गरेका हौं यसले यहाँका स्थानिय बासिन्दा सबैलाई फाईदा हुने आशा गरेको’ नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलक पाण्डेयले बताए । उनले भने ‘यो विशेष रुपले बैंकको व्यापार भन्दा पनि समाजिक कल्याणको लागि सर्वसाधारणको कर्पेरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत गरिएको हो र यसबाट सबै नेपाली जनताहरु सर्वसाधारण लाभावान्वित हुनेछन् भने आसा लिएको छु ।’ समझदारी पत्र (एमओयू) हस्ताक्षर समारोहमा मन्त्र हस्पिटलका प्रा.लि.का अध्यक्ष कैलास चन्द्र भट्टले ‘दुई वर्षको अवधिमा मन्त्र हस्पिटलले दिएको सुविधाहरु यहाँहरु समक्ष अवगत नै छ र मेडिकल क्षेत्रमा राम्रो र उत्कृष्ट दिने चाहना रहेको बताए।’

यस भन्दा अगाडि पनि गल्ली नं. ५ स्थित काँजल चश्मा सेन्टर र भाँसी ४ स्थित सितल हस्पिटल सँग समझदारी पत्र (एमओयू) हस्ताक्षर भै सकेको नेपाल बैंक लिमिटेडका प्रबन्धक महेश जोशीले बताए । नेपाल बैंक लिमिटेड र मन्त्र हस्पिटल बिच भएको समझदारी पत्र (एमओयू) हस्ताक्षर समारोहमा नेपाल बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलक पाण्डेय कञ्चनपुरका शाखा प्रबन्धक महेश जोशी र मन्त्र हँस्पिटलका अध्यक्ष कैलास चन्द्र भट्ट प्रबन्धक निर्देशक गाबिन्द रोकायाको सहभागिता रहेको थियो ।

ताजा समाचार