कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका महेन्द्रनगरमा रहेको ज्ञान दिप विद्या मन्दिर विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । भीमदत्त नगरपालिका १८कटान महेन्द्रनगरमा रहेको ज्ञान दिप विद्या मन्दिर विद्यालयको १७औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । विवित कार्यक्रमका विच शुक्रबार विद्यालयले बार्षिकोत्सव मनाएको हो । कार्यक्तममा ज्ञानदिप विद्या मन्दिरका प्रिन्सिपल दिपक बहादुर चन्दले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको बृद्धि विकास भईरहेको बताए ।


प्रिन्सिपल चन्दले विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि विद्यालयले अथक प्रयास गरिररहेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका प्रमुख दिपकराज कलौनीले संस्थागत विद्यालयले शैक्षिक गुणस्तर बृद्धि गनुपर्नेमा जोडदिए । शिक्षा इकाई प्रमुख कलौनीले संस्थागत विद्यालयमा समेत लाईसेन्स प्राप्त दक्ष शिक्षक राख्नुपर्नेमा जोडदिए । शिक्षाप्रेमी तथा बरिष्ठ साहित्यकार बीर बहादुर चन्द (बिश्राम) लाई विद्यालयले सम्मान गरेको छ । प्रमाण पत्र सहित दोसल्ला ओढाएर शिक्षाप्रेमी एव बरिष्ठ साहित्यकार चन्दलाई सम्मान गरेको विद्यालयले जनाएको छ ।

उत्कृष्ठ शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई पुरस्कार वितरण एव विविध साँस्कृति कार्यक्रम प्रस्तुत गरिएको थियो । विद्यार्थी अन्तत जोशीले स्वागत मन्तव्य राख्दै विद्यालयले विद्यार्थीलाई राम्रो अभिभावको भूमिका निर्वाह गरेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राज बहादुर ठगुराठीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक रमेश पन्त(मितबन्दु)ले गरेका थिए । कार्यक्तममा शिक्षा क्षेत्रका सरोकारवाला एव अभिभावक, विद्यार्थी सहितको सहभागिता रहेको थियो ।








