कैलाली–कञ्चनपुरका मुख्य सीमसार क्षेत्रमा पाईने रैथाने तथा प्रवासी पंछी अबलोकन


राजेन्द्रप्रसाद पनेरु / कञ्चनपुर : पर्या– पर्यटनलाई बढावा दिने उद्देरश्यले कैलाली– कञ्चनपुरका मुख्य सीमसार क्षेत्रमा पाईने रैथाने तथा प्रवासी पंछी अबलोकनको कार्य गरिएको छ । सुदूरपश्चिम प्रदेश पर्यटन विकास कार्यक्रम कार्यन्वयन इकाईको चालु आबको स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत कैलाली– कञ्चनपुरका मुख्य सीमसार क्षेत्रमा पाईने रैथाने तथा प्रवासी पंछी अबलोकनको कार्य गरिएको हो । कैलालीको घोडाघोडी सीमसार क्षेत्रबाट शुरु भएको पंछी अबलोकनको कार्य आज कञ्चनपुरको बेलौरी नगरपालिका ६ भुराकोट स्थीत पुरैनी तालमा पुगेर समापन गरिएको छ । कार्यक्रम समापन गर्दै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले सीमसार क्षेत्र चराचुरुङगी लगायत अन्य प्रजातीको मुख्य बास स्थान भएकाले यसको जगेर्ना गर्ने कार्यमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

No description available.

चराको बास स्थान भत्काउनु हुदैन भन्नेमा सचेत भएको उल्लेख गर्नु हुदै पुरैनी ताल जोगाउनका लागि संरक्षणका कार्यक्रम अगाडी सारिने बताउनु भयो । “सीमसार सहित ताल तलैया जगेर्ना गर्ने कार्यमा प्रदेश सरकार संग हातेमालो गरी अगाडी बढन तयार छौं” उहाँले भन्नु भयो, “चराका माध्यमबाट पर्या–पर्यटन प्रवद्र्धन गर्न तयार छौं, यसको प्रचार प्रसार र दीधकालीन योजनामा प्रदेश सरकार र अन्य दातृ निकायको सहयोगको अपेक्षा राखेका छौं ।” सुदूरपश्चिम प्रदेश पर्यटन विकास कार्यक्रम कार्यन्वयन इकाई कार्यालयका प्रमुख डबल बहादुर बोहराले पर्यटकीय क्षेत्रको विकासका लागि सुदूरपश्चिम प्रदेश सरकारले तीन वटा सर्किटमा गुरुयोजना बनाएर कार्य अगाडी बढाई रहेको बताउनु भयो । “कैलाली– कञ्चनपुर, पहाड र हिमाल गरी तीन सर्किटमा पर्यटकीय विकासका लागि कार्य भैरहेको छ” उहाँले भन्नु भयो, “पर्यटकीय विकासमा ताल तलैया संगै जैविक विविधता संरक्षण, चराचुरुङगीको बास स्थान संरक्षणलाई महत्व दिईएको छ ।” चरा चुरुङी पर्यटन प्रवद्र्धका माध्यमबाट विदेशी पर्यटकलाई आकर्शित गरी स्थानिय स्तरमा रोजगारीका अवसर सृजना गर्न सकिने उहाँले बताउनु भयो ।

No description available.

प्रदेश एक्लैको प्रयासबाट पर्यटकीय क्षेत्रको विकास हुन नसक्ने भएकाले यसमा संघ र स्थानिय सरकारको सहकार्य हुनु पर्नेमा उहाँले जोड दिनु भयो । सुदूरपश्चिम प्रदेश पर्यटन विकास कार्यक्रम कार्यन्वयन इकाई कार्यालयका योजना अधिकृत दान बहादुर थापाले चरा अबलोकनको कार्यलाई पर्या–पर्यटन संग जोडन सकिने बताउनु भयो । चरा संग सम्बन्धीत ज्ञान, सीप, संभावना, श्रोत साधन परिचालन गरी पर्यटन संग कसरी जोडन सकिन्छ त्यस बारेमा योजनावद्ध रुपमा अगाडी बढनु पर्ने उहाँले उल्लेख गर्नु भयो । नेपाल पंछी संरक्षण संघका फिल्ड अधिकृत हिरुलाल डगौराले सन् २०१५ मा पुरैनी तालमा पुग्दा प्रवासी चराको सङख्या देखेर निकै खुसि भएको बताउनु भयो । पछिल्ला वर्षहरुमा सीमसार क्षेत्र मासिदै जादा तालमा चराको सङख्या घटदै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नु भयो ।

No description available.

“डिसेम्बर देखि फ्रेवरी महिना सम्म ताल क्षेत्रमा कुनै पनि कार्य नगर्नका लागि नगरपालिका संग अनुरोध गरेको थिए” उहाँले भन्नु भयो, “यो बेला भनेको प्रवाशी चरा तालमा आउने र बस्ने मौसम हो, त्यो कुरा नगरपालिका प्रमुखले बुझनु भएकाले मानविय क्रियाकलाप नहुदा प्रवासी चरालाई ताल क्षेत्रमा विचरण गर्न सहज भएको छ ।” प्रवासी चरा फर्के पछि ताल क्षेत्रको संरक्षणका लागि कार्यहरु अगाडी बढाउन उहाँले आग्रह गर्नु भयो । कार्यक्रममा प्रदेशका नौ जिल्लाका पर्या–पर्यटन संगै चरा संरक्षणको क्षेत्रमा कार्य गर्ने प्रतिनिधि संगै राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधि र भारतीय दुधुवा नेशनल पार्कका प्रतिनिधिको सहभागीता रहेको थियो । कार्यक्रमको उद्घाटन बुधवार कैलालीको घोडाघोडी ताल (सीमसार क्षेत्र)मा सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री कमल बहादुर शाहले गर्नु भएको थियो भने समापन आज बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले गर्नु भएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img