कंचनपुर: नेपाल(आईसीटियू)को सुदूरपश्चिम कमिटि गठन गरिएको छ । बुधबार आईसीटियूका केन्द्रिय अध्यक्ष एवं पार्टिको श्रम तथा रोजगार विभाग सह ईञ्चार्ज विष्णु लम्सालको अध्यक्षता रहेको कार्यक्रममा पार्टिका बिभाग ईञ्चार्ज उर्बादत्त पन्तको प्रमुख आतिथ्यतामा आईसीटियूको सुदूरपश्चिम कमिटि गठन गरिएको हो ।


अध्यक्षमा राम प्रसाद चौधरी, सचिवमा जय नेगी चयन गरिएका छन् । त्यसैगरी सदस्यमा रोसन शाही, दिनेश सिंह, दान बहादुर बोगटी, दिपु राम हुम्ली, धर्म सिंह महरा, दत्त राम अवस्थी र चन्द प्रकाश पन्त चयन भएका छन् । कार्यक्रममा प्रदेश कमिटि अध्यक्ष हर्क बहादुर सिंहले शुभकामनमा मन्तव्य व्यक्त गरेका थिए । आईसिटुयुका महासचिव दिपक पौडेलले कार्यक्रम संञ्चालन गरेका थिए ।


कार्यक्रममा केन्द्रिय सदस्य लाल बहादुर खड्का, कंचनपुर जिल्ला अध्यक्ष जीवन राज थापा , कैलाली अध्यक्ष बिमल कुमार जोशी, आईसिटुयु गण्डकी प्रदेश अध्यक्ष तिल बहादुर बीके लगायतका नेताहरूको उपस्तिथि थियो ।








