दानेश्वरहरी बहुमुखी क्याम्पसको १३औँ बार्षिकोत्सव

कञ्चनपुर : भीमदत्तनगरपालिका –१० जिमुवा कञ्चनपुर स्थित रहेको दानेश्वरहरि बहुमुखी क्याम्पसको १३ ओं वार्षिकोत्सव तथा अभिभावक दिसव सम्पन्न भएको छ । विए र विएड का कक्षाको पढाई हुदैं आईरहेको उक्त क्याम्पसमा हाराहारी २०० विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालय व्यवस्थापनका सदस्य किसनराज भट्टले बताए । सोमबार भएको १३ औं वार्षिकोत्सव तथा अभिभावक दिवको उपलक्ष्यमा पढाई र खेलकुदमा अब्बल विद्यार्थीलाई पुरस्कृत पनि गरिएको थियो ।

दानेश्वरहरि बहुमुखी क्याम्पसका अध्यक्ष जनकराज जोशीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक रहनु भएको थियो, विशिष्ट अतिथीमा क्षेत्र नं. ३ ‘क’ का प्रदेश सभा सदस्य तथा निवर्तमान आर्थिक मामिला मन्त्री प्रकाश रावल, कञ्चनपुर जिल्ला समन्वय प्रमुख दुर्गादत्त बोहरा, तथा भीमदत्तनगर उपप्रमुख निलम लेखक जोशी रहनु भएको थियो । आर्थिक प्रतिवेदन क्याम्पस प्रमुख ललित प्रसाद जोशीले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन शिक्षक धनन्जय जोशीले गर्नु भएको थियो ।

ताजा समाचार