बास नेपाल कञ्चनपुर शाखाद्वारा पब्लिक स्पिच सिजन २ सम्पन्न

कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगरमा पब्लिक स्पिच सिजन २ सम्पन्न भएको छ। बिहीबार सम्पन्न प्रतियोगिताबाट महेश राज भट्ट प्रथम, भावना साउद द्वितीय, गरिमा बम तृतीय हुन सफल भएकी छन् भने सन्देश महराले सान्त्वना स्थान प्राप्त गरेका छन्।

उनीहरूलाई क्रमशः १२ हजार, ८ हजार, ५ हजार र २ हजार ५ सय नगद सहित प्रशंसापत्र र ट्रफी प्रदान गरिएको छ । यसैगरी सामाजिक सञ्जालमा सर्वाधिक भ्युका आधारमा प्रदान गरिने पब्लिक च्वाइस अवार्ड ईश्वर सिह धामीलाई प्रदान छ भने उनलाई ५ हजार नगद सहित प्रशंसापत्र सहित ट्रफी प्रदान बास नेपाल कञ्चनपुरका अध्यक्ष चक्र प्रसाद पन्तले जानकारी दिएका छन्।

अध्यक्ष पन्तका अनुसार प्रतियोगितामा २७ जना सहभागी रहेका र अडिसन राउन्डबाट १४ जना फाइनल राउन्डमा प्रवेश गरेका थिए। साथै उनले युवाहरूको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको बताए।

यसैगरी प्रमुख अतिथि एवम् जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराले युवाहरूको प्रतिभा प्रष्फुटन गर्न पब्लिक स्पिच उपयुक्त बताए। समापन कार्यक्रममा विभिन्न सरोकारवाला निकाय, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो।

ताजा समाचार