१८जना ईन्जिनियर रास्वपामा प्रवेस

कञ्चनपुर : राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)मा ईन्जिनियरहरु प्रवेस गरेका छन । गत साता राजधानी काठमाण्डौँ पाटी कार्यालयमा विभिन्न विषयका १८ जना ईन्जिनियरले रास्वपा प्रवेस गरेका हुन । रास्वपा कञ्चनपुरका युवा नेता एव ईन्जिनियर समेत रहेका केशव जोशीले एक कार्यक्रमका विच देशका विभिन्न जिल्लाका ईन्जिनियहरुले पाटी प्रवेस गरेको बताए ।

अनुसार सप्तरीका रोहित कुमार यादव, विवेक चौधरी, सुमित देव, ललित कुमार यादव, सिरहाका सरोजकुमार साह, दिलीप कुमार साह, पर्साका सुवाश यादव, विद्या सागर पटेल, शोसन साह कलवार, राकेश रौनियार, कंचनपुरका दिपक भट्ट, पारस जोशी, गणेश मल्ल, दिपेन्द्र राना, महोत्तरीका अशरफ मन्सुरी, चन्द्र प्रकास साह, सुशान्त कुमार साह र जुम्लाका हिक्मत बोहरा रहेका छन । पाटी सभापति रवि लामिछानेले नव प्रवेसी ईन्जिनियहरुलाई स्वागत गर्दै पार्टीको काममा खटिन आब्हान गरेका छन ।

ताजा समाचार