दोधारा चाँदनीका उपमेयर जोशीले गरे क्यान्सर पिडितलाई खाद्यान्न सहयोग

दोधारा । दोधारा चाँदनीका उपमेयर गंगा देशी जोशीले क्यान्सर पिडितलाई सहयोग गरेका छन् । दोधारा चाँदनी नगरपालिका– ३ जामुनाघारी निवासी क्यान्सर पिडित जशुदेबी बिष्टलाई दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले खाद्यान्न सहयोग गरेका छन् । जशुदेबी बिष्ट लामो समय देखि क्यान्सर पिडित रहदै आएका छन् । दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले जशुदेबी बिष्टका घरपरिवारलाई चामल, दाल, नुन, खाने तेल लगाएत खाद्यान्न सहयोग गरेको दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीको सचिवालयले जनाएको छ् । जशुदेबी बिष्ट बिगत लामो समय देखि उपचार गर्दै आएको कारण घरको आर्थिक अवस्था निकै दैनिय रहेको उपमेयर जोशीले बताएका छन् ।

आर्थिक अवस्था दैनिक रहेकोले घरमा खाद्यान्न अभाव श्रजना भएको थाहापाए संगै उपमेयर जोशी खाद्यान्न लिएर जशुदेबी बिष्टको घर पुगेका हुन् । खाद्यान्न सहयोगमा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशी, दोधारा चाँदनी नगरपालिका– ७ का वडा सदस्य तथा न्यायीक समिति सदस्य कमला उपाध्याय, एकल महिला विकास केन्द्र कञ्चनपुरका अध्यक्ष सिता बोहरा, दोधारा चाँदनी नगरपालिका– ५ का वडा सदस्य तथा न्यायीक समितिका सदस्य सिता बिष्ट लगाए रहेका थिए ।

उपमेयर जोशीले क्यान्सर पिडितलाई खाद्यान्न सहित एकल महिला विकास केन्द्र कञ्चनपुरका अध्यक्ष सिता बोहराले एक हजार नगद रकम हस्तान्तरण गरेका थिए ।

ताजा समाचार