सामाजिक सुरक्षा कोषका योगदानकर्ताको औषधी उपचार नागरिक अस्पतालबाट

काठमाडौँ : देशभरिका सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई औषधी उपचार र दुर्घटना सुविधा अब नागरिक अस्पताल गठ्ठाघरबाट प्राप्त हुने भएको छ । कोषका निर्देशक उत्तम राज नेपाल र नागरिक अस्पतालका कार्यकारी निर्देशक भुवन चक्र जोशीका बीच बिहीबार सो कार्यका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतासँगै अब कोषका योगदानकर्तालाई औषधी उपचार र दुर्घटना सुविधा नागरिक अस्पताल गठ्ठाघरबाट प्राप्त हुने भएको हो ।

सम्झौता पछि बोल्दै कोषका निर्देशक नेपालले नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लि।सँगको सम्झौताले गुणस्तरीय स्वास्थ्य सेवामा जनताको पहुँच सुनिश्चित गर्नका लागि सहयोग पुग्ने बताए । ‘नागरिक अस्पताल नागरिककै लागि’ भन्ने उद्देश्यसहित सञ्चालनमा आएको यस अस्पतालले समुदायस्तरमा विगत १५ वर्षदेखि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ ।

यो अस्पताल भक्तपुर जिल्लाको मध्यपुर ठिमी न।पा। ३ को गठ्ठाघर चोेक नजिकै रहेको छ । कोषका योगदानकर्ताले औषधी उपचारमा वार्षिक १ लाख, रोजगारीजन्य वाहेक दुर्घटनाको ५ लाख र रोजगारी जन्य दुर्घटनाको असीमित दायित्व कोषले व्यहोर्दछ । औषधी उपचारमा २० प्रतिशत योगदानकर्ताले र ८० प्रतिशत सामाजिक सुरक्षाकोषले व्यहोर्ने सम्झौता पत्रमा उल्लेख छ ।

ताजा समाचार