काँडाले फूलको रक्षा


काँडाले फूलको रक्षा बोटमा बसी गर्दछन्
मान्छेको मनमा दोष त्यसमै खोट भर्दछन्
काँडाकै साथमा फूल झम्टिन्न कहिले तर
फूल हाँस्दैछ मान्छेको मनमा किन हो डर
फूल टिप्न गए काँडा रिसले लात हान्दछन्
त्यही लात निमोठेर फूलको हात तान्दछन्
आजन्म बोटमा काँडा फूलको ख्याल गर्दछ
फूल मन्दिरमा एक्लै काँडा खै किन झर्दछ
काँडामा श्वार्थ क्यै हुन्न फूल आफ्नो बनाउने
फूलको रूप हेरेर आफैभित्र रमाउने
सुरक्षा बोटको गर्ने एउटा मात्र काम छ
सुरक्षाको त्यही आज संयन्त्र बदनाम छ
कविराज भट्ट
महेन्द्रनगर, कञ्चनपुर

Loading Viewer...

ताजा समाचार

spot_img