गौरा मन्दिर र महाकाली माता मन्दिर निमार्ण कार्यमा सहयोग


दोधारा । दोधारा चाँदनी नगरपालिकामा रहेको गौरा मन्दिर र महाकाली माता मन्दिर भवन निमार्णको लागी दोधारा चाँदनीमा उपमेयर गंगा देबी जोशीको कार्यक्रम अनुसार निमार्ण कार्यमा सहयोग गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– १ मा रहेको गौरा मन्दिर र वडा नं. १० मा रहेको महाकाली माता मन्दिरको भवन निमार्ण कार्यमा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीको योजना र कार्यक्रम अनुसार २० बोरा सिमेन्ट सहयोग गरिएको दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीको सचिवालले जनाएको छ् ।

गौरा मन्दिर र महाकाली माता मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरुले मन्दिर निमार्ण कार्यमा सहयोग गर्न आग्रह गरे संग उपमेयर जोशीको चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम अनुसार मन्दिर निमार्ण कार्यमा सघाउन २० बारो सिमेन्ट सहयोग गरिएको दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले बताएका छन् ।

निमार्ण कार्यमा सहयोग गरेको भन्दै मन्दिर ब्यवस्थापन समितिले उपमेयर जोशीलाई धन्यबाद दिएका छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img