सुदूरपश्चिम संसदीय दलका नेता फेर्ने निर्णय सच्याउन माओवादीको निर्देशन


कञ्चनपुर :  सुदूरपश्चिम संसदीय दलका नेता फर्ने निर्णय तत्काल सच्याउन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटीले निदैशन दिएको छ ।

माघ १३ गते शनिबार सुदूरपश्चिम प्रदेश नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष हरीराम चौधरी (उत्सव)को अध्यक्षतामा बसेको बैठकले माघ १२ गते शुक्रकार बसेको माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको बैठकले खगराज भट्टलाई हटाई मानबहादुर धामीलाई बनाउने निर्णय गरेको थियो, उक्त निर्णयलाई तत्काल सञ्चाउन निर्देशन दिएको हो ।

शनिबार १३ गते बसेको बैठकको निर्णयमा भनिएको छ, ‘माघ १२ गते नेकपा (माओवादी केन्द्र) सुदुरपश्चिम प्रदेश संसदीय दलको बैठक दल नेता कमरेड खगराज भट्टको जानकारी बिना उपनेता कमरेड अक्कल बहादुर रावलको अध्यक्षता बसि दलनेता परिर्वतन र सरकार परिर्वतन गर्ने भन्ने कुरा प्रति पदाधिकारीहरुको गम्भिर ध्यानकर्षण भएको छ । हाम्रो पार्टी परम्परा विधि विपरित केन्द्रीय कार्यालयको निर्देशनको समेत अवज्ञा गरि गरिएको निर्णयले पार्टीमा अराजकता र स्वइच्छाचारीताले संस्थागत मान्यता पाउने खतरा हुने भएकोले संसदीय दललाई निर्देशन दिने निर्णय गरियो साथै संसदीय दलभित्रको समस्यालाई गम्भीता पूर्वक लिइृ अविलम्ब समाधानको लागि केन्द्रीय कार्यालयको उपस्थितिमा विवाद समाधान गर्ने पहल होस आग्रह गरिएको छ ।’

420406094_1108771023477933_8228192237517111949_n


Loading Viewer...

ताजा समाचार

spot_img