मनकारी हरेन्द्र : चिसोबाट जोगाउन निरन्तर तीन वर्ष देखि निःशुल्क दाउरा वितरण गर्दै


राजेन्द्रप्रसाद पनेरु/कञ्चनपुर : अत्यधिक कठयाङग्रीदो चिसो बढे संगै विहानीको झिसमिसेमै कृष्णपुर नगरपालिका ४ मौवाफाँटाका ३६ वर्षीय हरेन्द्र बोहरा ट्रयाक्टरमा दाउरा बोक्दै बजार क्षेत्रमा बाँडदै हिडेको देखिन्छन । उहाँको दाउरा बाँडने निरन्तरता दुई साता देखि बढेको हो । उहाँले निःशुल्क रुपमा नगरपालिका क्षेत्रका बजार क्षेत्र र गाउँका चोक चोकमा निःशुल्क रुपमा दाउरा उपलव्ध गराई आगो ताप्ने व्यवस्था मिलाएका छन । ज्याला मजदुरी गरी दैनिक गुजारा गर्ने व्यक्ति, न्यानो कपडाको जोहो मिलाउन नसक्ने व्यक्तिहरु र बजार क्षेत्रका व्यापारीहरुलाई चिसोबाट जोगाउन आगो ताप्ने व्यवस्था गर्नमा उहाँ लाग्नु भएको हो । यो कार्य उहाँले तीन वर्ष देखि आफनै लगानीमा निरन्तर रुपमा गर्दै आउनु भएको छ ।  “आफु संग उपलव्ध भएको दाउरा निःशुल्क रुपमा वितरण गरी जाडोको समय भरी ताप्ने गरी बाँडने गरेका छा”ैं उहाँले भन्नु भयो, “अपुग भएका क्षेत्रमा सामुदायिक वनहरुबाट खरिद गरेर पनि दाउरा आवश्यकताका आधारमा आफनै ढुवानीका साधनमा राखेर वितरण गर्छौ ।”

नगरपालिकाको वडा नं ४,५,६ र ७ मा गरी पाँच सय कुण्टल दाउरा वितरण गरि सकिएको उहाँले बताउनु भयो । चिसोबाट जोगाउनका लागि नगरपालिकाका चार वडाका ७० बढी ठाउमा आगो ताप्ने व्यवस्था मिलाएका छन । चिसोका कारण कोही पनि विरामी नपरुन, ज्यान गुमाउनु नपरोस भनेर यस कार्यमा लागेको उहाँ बताउनु हुन्छ । “आगो ताप्न पाएर चिसोबाट जोगिन पाएका छौं” स्थानिय जोगी चौधरीले भन्नु भयो,“चिसोबाट जोगिनका लागि न्यानो कपडा थिएन, बोहराले उपलव्ध गराएको दाउरा बालेर आगो तापेर शरिरलाई न्यानो पार्दै आएका छौं ।” बोहरा नगरपालिका क्षेत्रकै सफल किसान हुन । उहाँले व्यवसायीक रुपमा कुखुरा, बाख्रा, माछा, बंगुर पालनको कार्य संगै व्यवसायीक केरा खेती गर्दै आएका छन । व्यवसायीक कार्य गरेर आएको केही रकम सामाजिक कार्यमा खर्च गर्न पाउदा खुसि भएको बोहरा बताउनु हुन्छ ।

“दिन दुखिको सेवानै ठुलो धर्म हो” उहाँ भन्नु हुन्छ, “यस कार्यले मनमा प्रसन्नता आउछ, अझै अरु सामाजिक कार्यका लागि पनि काम गर्ने इच्छा छ, त्यो चाँडै कार्यान्वयनमा ल्याउनका लागि प्रयासरत रहेको छु ।” व्यवसायीक कार्य गरेर आएको रकमको केही हिस्सा समाज सेवाका लागि खर्च गर्नु पर्ने उहाँ अरुलाई पनि सल्लाह दिनु हुन्छ । बोहरालाई जिल्लामै मनकरी सौकारका रुपमा चिन्ने गरिन्छ । स्थानियले भन्ने नै गरेका छन, ‘चिसो बढे पछि न पालिका न प्रदेश सरकार चोक चोकमा हरि सौकार’ ।


Loading Viewer...

ताजा समाचार

spot_img