नेपाल रेडक्रस सोसाईटी उपशाखा झलारिको २४औं साधारणसभा सभा सम्पन्न


कञ्चनपुर : नेपाल रेडक्रस सोसाईटी उपशाखा झलारिको २४औं साधारणसभा सभा सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेशसभा सदस्य माननीय बाहादुर सिंह थापाले साधारणसभा को उद्घाटन गर्नु भएको हो। उद्घाटन समारोहमा मन्तव्य राख्दै माननीय थापाले म सेवा गर्छु भन्ने पवित्र भावना साथ स्थापना भएको नेपाल रेडक्रसले दैवीप्रकोप विभिन्न खाले विपद परेकावेला मानवीय सेवा राहत उद्वारमा निरन्तर खटिरहने कार्यको जति प्रसंसा गरेपनि कमहुने भन्दै राज्यनै आर्थिक विपत्ति र दैवीप्रकोप विभिन्न महामारीको चपेटामा परेकावेला रेडक्रस जस्तो पवित्र संस्थाले राज्यकै उपस्थिति हुनुभन्दा पहिलेनै राहत उद्वार गरेको कार्य सराहनीय रहेको वताए।

उनलेभने दैवीप्रकोप विपत्ति जुनसुकै वेलापनि आउनसक्ने भएकाले म सेवा गर्छु भन्ने भावनावाट ओतप्रोत भएका रेडक्रस कर्मीले तत्काल राहत उद्वारमा खटिनुनै उनको धर्म हुने वताउदै राज्यको नितिगत कारणवाट राहत उद्वारमा केही ढिलाई भईहालेमा पनि रेडक्रस कर्मीले तत्काल राहत उद्वारमा ढिलाई नगरि विपदका वेलासरकारलाईनै ढुलो जोखिम वाट वचाउन सहयोग गरेको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका थापाले वताए।विभिन्न सामाजिक संघ संस्था हरूले सरकारलाई समय समयम सहयोग गरिरहदा सरकारले समेत सामाजिक क्षेत्रमा काम गर्ने संघ संस्था संग सहयोग समुन्वय गरेर अगाडि वढ्नुको विकल्पनै छैन। यश बर्सको प्रदेश सरकारको वजेट नीति कार्यक्रममा संघ संस्था लाई वजेटनै विनियोजित नहुदा आफुलाई समेत दुख लागेको वताउदै थापाले साँसद पुर्वाधार विकास कोष समेत खारेज हुदा आफुले चाहेर पनि विभिन्न संघ संस्थालाई सहयोग गर्न नसकेको उनले वताए।

आउदा दिनमा जनताको भावना अनुशार आफनो तर्फबाट सक्दो सहयोग गर्न प्रतिबद्ध रहने वताए।नेपाल रेडक्रस सोसाईटि कंचनपुर शाखाका उपमन्त्रि कार्यक्रम का विशिष्ट अतिथि मधु वोहराले आर्थिक अभावका विच स–सानो सहयोग जुटायर शुक्लाफाँटामा रेडक्रस अभियान चलाएको वताए।स–सानो सहयोगलेनै धेरै ठुलो राहतको सहयोगको काम हुनसक्छ मानवीय सेवानै उत्तमसेवा भएकाले सेवाको भावनाले विपदका वेला सवैले राहत सहयोगमा जुट्नु पर्ने वताए।शुनपा वडानं११का वडा अध्यक्ष शेर वहादुर साउदले जहाँ दुख छ त्यहा रेडक्रस छ भन्ने विचार संग सहमत हुँदै म सेवा गर्छु भन्ने भावनालाई आत्मसात गरि तत्कालीन झलारि गाविसमा २०५६ सालमा नेपाल रेडक्रस सोसाईटि उपशाखाको स्थापना गरिएको वताए।उनले आफुपनि जुरेस युरेस हुँदै रेडक्रस उपशाखा झलारि स्थापना गर्न निरन्तर लागेको वताउदै रेडक्रसको जग्गा भवन निर्माणकोकार्य संगै विपदका वेला राहत उद्वार सहयोगमा निरन्तर लागि परेको नेपाल रेडक्रस सोसाईटि उपशाखा झलारिका निबर्तमान सभापति समेत रहेका साउदले जनाए।कार्यक्रममा नेपाल रेडक्रस सोसाईटि उपशाखा झलारि द्वारा निर्माण अक्षयकोषमा शुनपा वडानं११का वडा अध्यक्ष शेर वहादुर साउदले व्यक्तिगत रूपमा २०हजार सहयोग गर्ने प्रतिबद्धता गरेका छन्।त्यस्तै शुनपा वडानं८का वडा अध्यक्ष वाहादुर सिंह महराले आफनो एक महिनाको सेवा सुविधा २२हजार २सय ४७सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।

त्यसैगरी धर्म जनता माध्यमिक विधालयका शिक्षक आचार्य शास्त्रि पं हरिलाल भट्टले ८हजार ५ शुनपा ११नंवडाका पुर्व वडा सदस्य जय वहादुर विस्टले अक्षयकोषमा रहनेगरि ११सय ५५सहयोग त्यसैगरि कृष्ण वैजनाथ वहुमुखि क्याम्पस झलारिका क्याम्पसका अध्यक्ष उदव राज भट्टले १हजार सहयोग गर्दै रेडक्रस उपशाखा झलारिको प्रतेक बार्सिक साधारणसभामा प्रती बर्स १हजार सहयोग गर्ने घोषणा गरेका छन्।उपशाखा झलारिका सभापति लोकराज जोशिले दैवीप्रकोप विपद अभाव र पिडामा परेका नागरिकलाई राहत उद्वार सहयोग गर्न मानवसेवाको लागि अक्षयकोष स्थापना गर्न लागिएको वताए।रेडक्रस उपशाखाले १२वटै वडामा विपद व्यवस्थापन तथा मानवीय सेवामा समर्पित भई काम गर्दै आईरहेको वताएका हुन्।


Loading Viewer...

ताजा समाचार

spot_img