
दोधारा । दोधारा चाँदनीमा एक महिने माला पोते बनाउने तालिम संचालन भएको छ् । दोधारा चाँदनी नगरपालिका– ६ मा एक महिने माला पोते बनाउने संचालन भएको दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेतले जानकारी दिएका छन् । व्यवसायिक एवम् सीप विकास तालिम केन्द्र कञ्चनपुर तथा दोधारा चाँदनी नगरपालिका– ६ वडा कार्यालयको सयुक्त सहकार्यमा वडामा रहेका महिलाहरुलाई स्वरोजगार बनाउन एक महिने माला पोते बनाउने तालिम संचालन गरिएको वडाध्यक्ष ओंम बस्नेतले बताएका छन् ।


वडाका सबै टोल, बस्तीलाई समेट्ने गरि महिलाहरुलाई तालिममा सहभागी गराईएको छ् । तालिममा २० जना महिलाहरुको सभागीता रहेको छ् । महिलाहरु आर्थिक रुपमा कमजोर हुदा पछाडी परेकाले तालिमको आयोजना गरिएको वडाध्यक्ष बस्नेतले बताएका छन् । सहभागीहरुले आफुहरु तालिममा सहभागि हुन पाउदा खुसी लागेको बताउदै अब आफ्नो घर खर्चको लागि कोही संग हात फैलाउन नपर्ने बताएका छन् ।


तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्न सके महिलाहरु आर्थिक रुपमा समेत बलियो बन्ने दोधारा चाँदनी नगरपालिका– ६ वडा कार्यालयका सचिव मोहन सुनारको भनाई रहेको छ् । यस्तै प्रकारको तालिमले महिलाहरुलाई आत्मनिर्भर बनाउन समेत सहयोग पुग्ने वडा सचिव सुनारले बताए । वडा कार्यालयको एक कक्षमा संचालन गरिएको तालिमका प्रशिक्षक ज्योती केसी तिवारी रहेका छन् ।

तालिमले घरको चुलो चौकोमा सिमित रहेका महिलाहरुलाई व्यवसायनै सञ्चालन गरी आर्थिक रुपमा सबल र सक्षम बनाउन महत्वपूर्ण टेवा पुग्ने बताईएको छ् ।






