भीनपा–२ उल्टाखाममा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न


कञ्चनपुर : भीनपा–२ उल्टाखाममा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (फेसवान)द्वारा आयोजित आँखा शिविर सञ्चालन कार्यक्रममा च्यारिटि हेल्थ फाउन्डेसन र धनगढी नेत्रालय प्रा.लि.को प्राविधिक सहयोग रहेको थियो ।

भीनपा– २ उल्टाखाममा रहेको सरस्वति माध्यमिक विद्यालयमा सञ्चालन गरिएको आँखा शिविर कार्यक्रममा ४३७ ले सेवा लिएका छन् ।  बुधबार भएको सिविरमा ४३७ जनाले आँखा जाँच गराएका छन् । जसमा सर्जरीको लागी ७२ जना र चश्मा ९४ जनाले पाएका छन् ।धनगढी नेत्रालय प्रा.लि. बाट आएका आँखा विशेषज्ञ डा.गोकर्ण भट्ट लगायतको टिमले बिरामीको आँखा जाँच गरेका थिए । आँखा जाँच गराउदाँ प्रति ब्यक्ति २५ रुपैया वडा कार्यालयले बेर्हाेने र आखामा जटिल रोग लागेका बिरामीलाई निःशुल्क अप्रेशन गर्ने फेसवानका सदस्य दमन चन्दले बताए ।

बुधबार भएको कार्यक्रमको उद्दघाटन समारोहमा कार्यक्रममा वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपालका सदस्य दमन चन्दको सभापतित्वमा भीनपा–२ का वडा अध्यक्ष उत्तम भट्टको प्रमुख आतिथ्य रहेको थियो । उक्त सिविरको उदघाटन कार्यक्रमको सन्चालन छत्र बहादुर देउवाले गरेका थिए । फेसवानद्धारा २६ गते भीनपा-१३ वडैपुरमा र २७ गते भीनपा वडा नम्बर ७ हल्दुखालमा मा सिविर सञ्चालन गरिने छ ।


Loading Viewer...

ताजा समाचार

spot_img