परराष्ट्रमन्त्री साउदसंग कञ्चनपुरका दलित जनप्रतिनिधीको छलफल

कञ्चनपुर : कञ्चनपुरका दलित जनप्रतिनिधीले परराष्ट्रमन्त्री एनपी साउदसंग छलफल गरेका छन । बुधबार शुक्लाफाँटा नगरपालिकाको झलारीमा जिल्लाका दलित समुदायबाट निर्वाचित जनप्रतिनिधीले छलफल गरेका हुन । नेपाल दलित संघको आयोजना गरिएको छलफलमा दलित समुदायका जनप्रतिनिधीले दलित समुदायका पीडा, जनप्रतिनिधीले ल्याउने योजनामा आवश्यक बजेट दिनुपर्नेमा परराष्ट्रमन्त्री सादको ध्यानाकर्षण गराएका छन ।

बेदकोट नगरपालिका कार्यपालिका सदस्य समेत रहेका दलित समुदायका युवा नेता पवन नेपालीले संघीय सरकारका परराष्ट्रमन्त्री एनपी साउदसंग जिल्लाका दलित समुदायका पीडा, समस्या, माग र दलित समुदायकै जनप्रतिनिधीले खेलेको भूमिका विषयमा छलफल गरिएको बताए । उनका अनुसार छलफलमा मन्त्री साउदले दलित समुदायको हकहितका लागि कार्यक्तम ल्याउने दिने जनाएका छन ।

ताजा समाचार