अनेरास्ववियु सुप प्रदेशको अध्यक्षका लागि कञ्चनपुरबाट रोकायाको दाबेदारी

कञ्चनपुर : नेकपा एमाले निकट अनेरास्ववियु सुदूरपश्चिम प्रदेशको अध्यक्षका लागि विद्यार्थी नेता कमल रोकायाको दावि रहेको छ । बुधबारदेखि कैलालीको धनगढीमा भईरहेको अनेरास्ववियू सुप प्रदेशको प्रथम अधिवेशनमा प्रदेश अध्यक्षका लागि कञ्चनपुरबाट कमल रोकायाको दावि रहेको हो ।

यस अघि अनेरास्ववियू कञ्चनपुरको अध्यक्ष एव हाल सुप प्रदेश सह संयोजक समेत रहेका रोकायाले आकाक्षा व्यक्त गरेका छन । रोकायाले आफुसंग विद्यार्थी संगठनको लामो अनुभव, संघर्ष भएकाले विद्यार्थीको हकहितका साथै शैक्षिक विकृतीका लागि प्रदेशको अध्यक्षका लागि दावि रहेको जनाएका छन । पाटी अध्यक्ष केपी शर्मा ओलीका विश्वासिता विद्यार्थी नेता समेत रहेका उनलाई मुल पाटीले समेत साथ सर्मथन गरेको नेताहरुले बताएका छन ।

उनको पक्षमा सिङ्गो, जिल्ला, प्रदेश र केन्द्रीय संगठन सहित पाटी भएकाले अध्यक्षका लागि प्रबल दाबेदार रहेको जनार्इैएको छ ।

ताजा समाचार