सशस्त्र प्रहरीद्वारा अवैध समान बरामद


कञ्चनपुर : सशस्त्र प्रहरीले फेरी कञ्चनपुरको पश्चिम सीमा नाका गड्डाचौकी क्षेत्रबाट अवैध समान बरामद गरेको छ । मंगलबार सशस्त्र प्रहरीले भीमदत्त नगरपालिका ११ गड्डाचौकी सीमा क्षेत्रबाट अवैध समान बरामद गरेको हो । सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीका इन्चार्ज सशस्त्र प्रहरी नायब उपरीक्षक सुदन आचार्यको कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोलीले अवैध समान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल ३५नम्बर शैलेश्वरी गणका अनुसार भन्सार चोरीछली गरेका एक लाख भन्दा बढिका किराना तथा हार्डवेयरका समान बरामद गरे भन्सारमा बुझाईएको छ । एक लाख, ८ बजार बराबरको अवैध समान बरामद गरेर भन्सार बुझाएको हो । यस अघि पनि सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीले भन्सार चोरीछली गरेका अवैध समान बरामद गर्दै आएको छ ।

सशस्त्र प्रहरीले सीमा गड्डाचौकी सहितका जिल्लाका अन्य सीमा क्षेत्रबाट अवैध समान बरामद गर्दै आएको छ । सशस्त्र प्रहरीले गैर कानुनी चोरी तस्करी नियन्त्रण गर्न थालेपछि तस्कर समुह हैरान भएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img