कञ्चनपुर : वेदकोट नगरपालिका वडा नम्बर ९ सुन्दरपुरमा आरन व्यवसायीहरूलाई आइतबार आरन सेट वितरण गरिएको छ । वडा नम्बर ९ मा रहेका ५ आरन व्यवसायी परिवारलाई वडा कार्यालयले निशुल्क रुपमा आरन सेट वितरण गरेको वडा अध्यक्ष जनक बहादुर बिष्टले जानकारी दिएका छन्।

वडा नम्बर ९ सुन्दरपुरमा रहेका आरन व्यवसायीहरूको आर्थिक अवस्था कमजोर भएकाले उनीहरूको जीवन स्तर माथि उकास्ने उद्देश्यले उनिहरूलाइ आरन सेट वितरण गरेको वडा अध्यक्ष बिष्टको भनाई रहेको छ।

आरन सेट पाएपछी उनिहरूले अध्यक्ष बिष्टप्रती आभार प्रकट गरेका छन्। अध्यक्ष बिष्टले वडामा रहेका विपन्न वर्गहरूको आर्थिक स्तर माथि उकास्नका लागी स्वरोजगार मुखी तालिम, निशुल्क हेण्डपम्प लगायत विभिन्न कार्यहरू गदै आइरहेका छन्।











