प्रकास भट्ट /कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका १२ ओदाली स्थित स्नान घाटमा मकर मेला तथा धार्मिक पर्यटन महोत्सव शुरु भएको छ । बैजनाथ सिद्धनाथ मन्दिर सेवा समितिको आयोजनामा आइतबारदेखि ओदाली महाकाली तटिय क्षेत्रमा मकर मेला तथा धार्मिक पर्यटन महोत्सव संचालन शुरु भएको हो । गोदाबरी धामका पिठाधिश महन्त सागरानन्द जि महाराजको प्रमुख आथित्यमा धर्मध्वज सहित मेला शुरु भएको छ । बैजनाथ सिद्धनाथ मन्दिर सेवा समितिका उपाध्यक्ष हर्केष विष्टले एक कार्यक्रमका विच मेला उद्घाटन गरिएको बताए । हरीहर घाट क्षेत्रको धार्मिक पर्यटन विकासका लागि दुईबर्षदेखि प्रयास थालिएको बताए ।

उपाध्यक्ष विष्टले मन्दिर सहित महाकाली तटिय क्षेत्रमा धार्मिक मेला संचालन हुनेछ । उनका अनुसार ०७८ सालमा जगत गुरुबाट शुरुवात गरिएको हरीहर घाटमा विशेष स्नान सहितका कार्यक्रम संचालन गरिनेछ । ‘कुनैपनि क्षेत्र गाँउठाँउको बृद्धिविकासका लागि जबसम्म स्थानीय जनता जाग्दैनन, तबसम्म उक्त क्षेत्रमा रहेका सम्भावना अघि बढ्दैनन, ‘उनले भने, ‘त्यसैले हामी स्थानीय स्तरबाट अघि बढेका हौँ ।’ पौष एकादशीका दिनदेखि शुरु हुने महोत्सव झण्डै दुई महिना बढि संचालन हुनेछ । २५ फागुन महाशिवरात्रीसम्म संचालन हुने महोत्सव मकरसंक्र्रान्तिका अबसरमा महास्नान सहितका विवित साँस्कृतिक कार्यक्रम हुनेछन । उक्त स्थानमा थप स्तरिय बनाउन डिपिआर निर्माण भएको बताए । उद्घाटन पछि विवित धार्मिक साँस्कृतिक कार्यक्रम सहित कार्यक्रम सचालन गरिनेछ । ६३ दिनसम्म संचालन हुने महोत्सवका विवित कार्यक्रम गरेर दिवस मनाईनेछ । मन्दिरका पुजारी सन्तराम पन्तले दर्शनार्थीका सबै धार्मिक कामकाज गरिने बताए । स्थानीय युवा बुद्धिजिवी लोकराज पन्तले मानिसहरु केही धार्मिक कामकाजका लागि भारतको हरिद्वार जाने भएकाले उक्त क्षेत्रमै धार्मिक पर्यटन क्षेत्र बनेसंगै स्थानीयलाई सुविधा हुने बताए ।

बैजनाथ सिद्धनाथ मन्दिर सेवा समितिका अध्यक्ष देवी भारतीले बालसन्तद्वय लोमस गिरी, लक्ष्मण भारतीबाट धर्मध्वज पूजन सहित महोत्सवको उद्घाटन गरिने बताए । महोत्सवको तयारी तिव्र रुपमा अघि बढिरहेको बताए । लिम्पियाधुराबाट बग्ने महाकाली नदी आफैलेमा धार्मिक, महत्व बोकेको क्षेत्र भएकाले धार्मिक पर्यटन प्रर्बद्धनका लागि महोत्सव आयोजना गरिएको बताए । भीमदत्त नगरपालिका १२ का वडाध्यक्ष समेत रहेका महोत्सव मुल आयोजक समितिका संयोजक भुपेन्द्र रावलले वडाबाट धार्मिक महोत्सव संचालनका लागि सक्दो सहयोग गरिने बताए । वडा सहित स्थानीय सरकारबाट आवश्यक सहयोग गरिने उनले बताए । २५ फागुनसम्म मेला संचालन गरिनेछ ।











