नवश्रृजना बहुउद्देश्यीय सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न


कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका १० झलारी स्थीत नवश्रृजना बहुउद्देश्यीय सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष भीमराज अबस्थीको सभापतित्वमा आयोजना गरिएको सभाको प्रमुख अतिथि शुक्लाफाँँटा नगरपालिकाका उप प्रमुख कल्पना पन्त रहनु भएको थियो ।कार्य क्रमका बिशिष्ट अतिथिमा सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोषका कार्यकारी निर्देशक चुडामणी तिम्सिना रहनु भएको थियो । सभामा मन्तव्य राख्दै नगर उप प्रमुख पन्तले लघुउद्यम, सुपथ मूल्य पसल सञ्चालन गर्न र रैथाने प्रजातीका बाली जोगाउनका लागि सहकारीले खेलेको भूमिकाको प्रशंसा गर्नुृ भयो । युवाहरुलाई स्वरोजगार बनाउन सहकारीले गरेको कार्य अनुकरणीय रहेको धारणा उहाँले व्यक्त गर्नु भयो । कार्यक्रमका बिशिष्ट अतिथि तिम्सिनाले सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोषमा आवद्ध सहकारीका सदस्यहरुको आर्थिक अबस्थमा सुधार ल्याउनका लागि विना धितो सहुलियत एक प्रतिशत व्याजदरमा कर्जा प्रवाह भैरहेको बताउनु भयो ।

“स्वदेशमै केही गर्न चाहने युवाहरुले अब पूजिँको अभाव झेल्नु पर्दैन” उहाँले भन्नु भयो, “कोषले सहकारीलाई उपलव्ध गराएको सरल कर्जा प्राप्त गरी उद्यमशिलताका कार्य गर्न सक्छन ।” सरकारको अर्थतन्त्रको नीतिका खम्बाका रुपमा सरकारी, नीजि र सहकारी रहेको चर्चा गर्नु हुदै उहाँले देशको अर्थतन्त्रमा सहकारीको योगदान महत्वपूर्ण रहेको बताउनु भयो । कञ्चन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जोगि सिंह सोवले ऋणको सहि सदुपयोग हुन सके मात्रै सहकारी अगाडी बढने बताउनु भयो । लगानी गएिको ऋण उठन नसक्दा सहकारीका सञ्चालकले भाग्नु परेको उल्लेख गर्नु भयो । महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष डम्बर प्रसाद जोशीले छोटो समयमा नव श्रृजना सहकारी संस्थाले छुट्टैपहिचान बनाएको बताउनु भयो । सहकारीका कोषाध्यक्ष नर्मदा कुमारी पन्त जोशीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु हुदै आब ०७९÷८० मा सहकारीले रु चार करोड २६ लाख बरावरको कारोवार गरेको जानकारी दिनु भयो । सहकारीको सोही आबको आय व्यय रु चार करोड ३६ लाख १२ हजार दुई सय ८० रहेको छ । सहकारीले एक हजार तीन सय ७ सेयरसदस्यबाट सेरपूजिँ वाफत रु ८७ लाख ८१ हजार आठ सय रकम संकलन गरेको छ । सहकारीको आम्दानी रु ३ लाख ८९ हजार चार सय १६ रहेको छ । गत वर्षको अन्त सम्म चार सय ९७ जना सदस्यलाई रु एक करोड ६५ लाख ५० हजार दुई सय ४७ रकम लगानी गरेको छ ।

उद्घाटन सत्रको समापन गर्नु हुदै सहकारीका अध्यक्ष भीमराज अबस्थीले सहकारीले जैविक विविधता संरक्षण, साना लघु उद्यम सञ्चालन संगै पुरातन शैलीका कार्यलाई आधुनिक गर्ने कार्यमा सहकारीले कार्य गर्दै आएको बताउनु भयो । उहाँका अनुसार सहकारीले आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि कार्य अगाडी बढाई युवाहरुलाई स्वदेशमै रोजगार उपलव्ध गराउनका लागि सहज रुपमा कर्जा प्रवाह संगै प्रविधिमा पहुँच अभिबृद्धि गरि रहेको बताउनु भयो । किसानलाई सहुलियत दरमा गहुँ धान थ्रेसर, जोताईका लागि ट्रयाक्टर उपलव्ध गराउने कार्य भैरहेको जानकारी उहाँले दिनु भयो । कुटानी पिसानीमा सस्तो दररेटमा सेवा दिई रहेको उल्लेख गर्दै उहाँले सहकारीले सञ्चालन गरेको सुपथ मूल्यको पसलबाट सामान उपलव्ध भैरहेको बताउनु भयो । सहकारीमा आवद्ध सदस्य र अन्यलाई ढुवानी भाडा मात्रै लिएर रासायनिक मल वितरणको कार्य भैरहेको उहाँको भनाई थियो । सभामा स्वागत मन्तव्य सहकारीका लेखा संयोजक पुष्पराज जोशीले गरेका थिए । सभाको सञ्चालन सहकारीका सचिव हरिप्रकास भट्टले गरेका थिए । उद्घाटन सत्रमा नवकिरन बचत तथा ऋण सहकारीका अध्यक्ष डिवि कुश्मी, सञ्चारकर्मी, सहकारीका उपभोक्ता तथा कर्मचारीको सहभागीता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img