कन्चनपुर : कन्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ मा रहेको श्री शुभ लाभ कृषि सहकारी संस्था लि को ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि भीमदत्त नगरपालिकाका सहकारी डिभिजन प्रमुख बिमला भाट रहेका थिए।

सहकारी संस्थाका अध्यक्ष लबराज पनेरुको अध्यक्षतामा कार्यक्रममा सञ्चालन भएको थियो । सहकारी संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष लोकराज भट्ट लोकेसले गरेका थिए। संस्थाका उपाध्यक्ष शिद्ध राज भट्ट ले कार्यक्रम मा स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमको संचालन संस्थाका सचिव महेश जोशीले गर्नु भएको थियो।











