अत्यधिक चिसो बढेपछि सामुदायिक वन चोक चोकमा दाउरा उपलव्ध गराउदै


कञ्चनपुर : सितलहर चल्ने क्रम संगै अत्यधिक चिसो बढेपछि शुक्लाफाँटा नगरपालिकाका सामुदायिक वनहरुले चोक चोकमा दाउरा उपलव्ध गराई आगो बाल्ने व्यवस्था मिलाएका छन । नगरपालिकाका मुख्य बजार क्षेत्र संगै ग्रामीण क्षेत्रका चोक चोकमा दाउरा उपलव्ध गराई बाल्ने व्यवस्था मिलाईएको हो । नगरपालिकाको वडा नं ७ स्थीत वातावरण मध्यवर्ती सामुदायिक वनले वडाका ५० बढी ठाउमा दाउरा उपलव्ध गराएको छ । सामुदायिक वनका अध्यक्ष लोकेन्द्र जोशीका अनुसार बढी व्यक्तिहरु जमघट हुने क्षेत्रमा विहानी र साँझका बेला दाउरा बाल्ने व्यवस्था मिलाईएको छ ।

“जेष्ठ नागरिक, आर्थिक रुपमा विपन्न व्यक्तिहरु न्यानो कपडाको अभावमा अत्यधिक चिसोबाट प्रभावित भएको खवर आएपछि दाउरा बाल्ने व्यवस्था गरेका हौं” उहाँले भन्नु भयो, “आवश्यकता भएका सामुदायिक वनको कार्य क्षेत्र भित्र पर्ने सबै ठाउमा दाउरा बाल्ने व्यवस्था गर्छौ ।” यसैगरी, वडा नं ११ मा रहेको श्रीकृष्ण सामुदायिक वनले समेत पूर्व पश्चिम राजमार्ग क्षेत्र संग जोडिएको कलुवापुर, अमरपुर, दीपनगर बजार क्षेत्रमा दाउरा बाल्ने व्यवस्था गरेको छ ।चिसोबाट प्रभावित हुने स्थानिय बासिन्दा, यात्रुहरुलाई राहत पुरयाउनका लागि दाउरा बाल्ने व्यवस्था गरिएको वनका अध्यक्ष अमर बहादुर ऐरले बताउनु भयो । “जेष्ठ नागरिक भएका क्षेत्र, विद्यालय, मन्दिर, स्वास्थ्य चौकी, प्रहरी चौकी र वडा कार्यालयमा चिसो छल्नका लागि दाउरा बाल्नका लागि उपलव्ध गराउन थालेका छौं” उहाँले भन्नु भयो, “चिसो अत्यधिक छ,त्यसैले आगो ताप्ने व्यवस्था मिलाउनमा जुटेका छौं ।”

प्रति वर्ष सामुदायिक वनहरुले चिसो बढेपछि सार्वजनिक क्षेत्रहरुमा दाउरा बाडदै आएका छन । त्यस कार्यलाई यस वर्ष पनि निरन्तरता दिएका हुन । उपभोक्ताका लागि दाउरा उपलव्ध गराउने कार्यमा पनि सहज गरेका छन । साँझ र विहानीको समयमा यहाँ सितलहर चल्ने, हुस्सु लाग्ने भएकाले निकै चिसो बढेको छ । चिसोबाट सबै भन्दा बढी आधारभूत तहमा पढने विद्यार्थी र जेष्ठ नागरिक बढी प्रभावित भएका छन । स्वास्थ्य चौकीमा चिसोबाट प्रभावितभै रुघाखोकी, ज्वरो, कोल्ड डायरिया भएका विरामी आउने क्रम बढ्दो रुपमा रहेको दीपनगर आधारभूत स्वास्थ्य चौकीका प्रमुख कृष्णराज जोशीले बताउनु भयो ।


Loading Viewer...

ताजा समाचार

spot_img