गणेश एसके / कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुर जिल्ला समितिले कञ्चनपुर जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । शुक्रबार नेकपा कञ्चनपुरले जनताको जनजीविका संग सम्बन्धित विषयलाई लिएर जिल्ला प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो देश संघीयतामा प्रबेश गरे पनि जनतालाई दिनुपर्ने सेवा सुविधा लिन जिल्लाको सदरमुकाम नै पुग्नुपर्ने बाध्यतालाई अन्त्य हुनुपर्ने माग नेकपाले रहेको छ ।


नागरिकता , जग्गा किनबेच र परिचयपत्र निर्माणका कामहरु स्थानीय तहबाट हुनुपर्ने नेकपाले ज्ञापनपत्रमा उल्लेख गरिएको छ । जिल्ला प्रमुख अधिकारी गोपाल प्रसाद अधिकारीले जनतालाई सेवा प्रवाह गर्ने कुरामा केही राज्यको कानूनी प्रावधानको कारण घुमाउरो भएको बताए । जनतालाई सहज सेवा प्रदान गर्नका लागि तपाईंको पार्टीलाई गरिएको पहललाई माथिल्लो निकायमा पत्राचार गरिनेछ , उनले भने । प्रशासनमा ज्ञापनपत्र बुझाउन नेकपा कञ्चनपुरका नेता कार्यकर्ता सहभागी रहेका थिए ।











