
दोधारा । दोधारा चाँदनी नगरपालिका– ६ का वडा सदस्य गणेश बहादुर मगरको पहलमा क्यान्सर पिडित महिलालाई सहयोग गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ६ का वडा सदस्य गणेश बहादुर मगरको पहलमा सोही वडाका गुरुङ्ग टोलमा बस्ने क्यान्सर पिडित चन्द्रकला गुरुङ्गलाई रु. ४१ ह्जार २ सय ६५ रुपिँया सहयोग गरिएको दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेतले जानकारी दिएका छन् ।

बिगत २ वर्ष देखि चन्द्रकला गुरुङ्ग क्यान्सरबाट पिडित हुदै आएका छन् । आर्थिक अवस्था दैनिय रहेका पिडित गुरुङ्गको उपचारको लागी रकम संकलन गरि हस्तान्तरण गरिएको वडा सदस्य गणेश बहादुर मगरले बताएका छन् । पिडित चन्द्रकला गुरुङ्गको चितवनको क्यान्सर अस्पतालमा उपचार भईरहेको बताईएको छ् । उपचार गर्न रकमको सकस भएपछि वडा सदस्स्य मगरको् पहलमा उपचार रकम संकलन गरिएको हो ।

वडा सदस्य गणेश बहादुर मगरको टोलीले क्यान्सर पिडित गुरुङ्गको घरमै पुगेर संकलित रकम हस्तान्तरण गरिएको बताईएको छ् ।







