मानव र वन्यजन्तु विचको द्वन्द्व न्यूनिकरण लागि बडुवाल टोलमा रकम बिनियोजन


दोधारा । मानव वन्य जन्तुविचको द्वन्द्व न्यूनिकरण लागि बडुवाल टोलमा मेसवायर (तारजाली) को लागी रकम बिनियोजन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा मानव वन्य जन्तुविचको द्वन्द्व न्यूनिकरण लागि दोधारा चाँदनी नगरपालिका कार्यालयले मेसवायर (तारजाली) को लागी रु. ५ लाख रकम बिनियोजन गरिएको दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावलले जानकारी दिएृका छन् । बिगत लामो समय देखि बडुवाल टोलमा जंगली हात्ती लगाएत वन्यजन्तुको आतंक कायमै छ् । बस्तीमा जंगली हात्तीको हुल आएर अन्नवाली नष्ट गरिदिने घर भत्काईदिने गर्दै आएको छ् ।

दोधारा चाँदनी नगरपालिका कार्यालय कार्यपालिकाको एक बैठकले मानव वन्य जन्तुविचको द्वन्द्व न्यूनिकरण लागि बडुवाल टोलमा मेसवायर (तारजाली) को लागी रकम बिनियोजन गरेको वडाध्यक्ष पदम रावलले बताएका छन् । ‘मानव र वन्यजन्तुविचको द्वन्द्व न्यूनिकरण गर्ने उदेश्यका साथ बडुवाल टोलमा मेसवायर (तारजाली) को लागी रकम बिनियोजन गरिएको हो’ दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावलले भने ।

भारतिय जंगलीबाट भित्रिएको जंगली हात्तीको बथानले पछिल्ला दिनहरुमा जनावर बस्ती भित्र पसेर घर भत्काईदिने, अन्नवाली नष्ट गरिदिने तथा मानव माथी आक्रमण गर्न थालेको हो । तारजालीले छेकवार गरे संगै किसानलाई ठुलो राहत हुने बिश्वास गरिएको छ् ।


ताजा समाचार

spot_img