प्याब्सन फेस्टिबलमा मन्त्र अस्पतालको हेल्थ डेस्क सेवा


कञ्चनपुर : कञ्चनपुरको कबर्ड हलमा १२ औं प्याब्सन फेस्टिबलमा मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टरले स्वास्थ्य सेवा दिईरहेको छ । खेलकुदमा विद्यार्थीहरुलाई चोटपटक लागेमा मन्त्र अस्पताल डेस्ककको स्थापना गरेर उपचार गरिरहेको छ । दैनिकरुपमा खेल खेल्दा ८ देखी १० जना खेलाडीहरु लाई चोट लागेर उपचार गरिरहेको अस्पतालका मेडिकल निर्देशक डा. गोविन्द रोकायाले जानकारी दिए । जटिल चोटपटकको पनि मन्त्रले उपचार गरेको उनले बताए । खेल खेल्दा उकजना विद्यार्थीको काँधको हड्डी नै निस्केर समस्या भएपछि उपचार गरेर सेवा दिएको उनले बताए । सामाजिक उत्तरदायित्व अन्तरगत अस्पतालले विद्यार्थीहरुलाई सेवा प्रदान गरेको उनले बताए ।

खेल खेल्दा घुँडामा हातमा र मासुमा समस्या बढी हुने भएका त्यस्तै किसिमका औषधीहरु प्रदान गरिरहेको उनले बताए । ईन्टर नेशनल स्कुलका खेल शिक्षक कमल चन्दले आफना विद्यार्थीहरलाई समस्या हुँदा मन्त्र अस्पतालको डेस्कले उपचार गरिरहेको बताए । कुनै पनि खेलकुदमा खेलाडीको पनि स्वास्थ्य हेुर्न पर्ने भएकाले हेल्थ डेस्कले राम्रो सेवा दिएको उनले बताए । प्याबसन कञ्चनपुर अध्यक्ष अम्मराज भट्टले चार दिनसम्म चल्ने महोत्सवमा प्याब्सन आवद्ध जिल्ला भरका झण्डै तीन दर्जन विद्यालय सहभागी भएको बताए । उनले प्याब्सन कञ्चनपुरले २०६६ देखि बर्सेनी आयोजना गर्दै आएको महोत्सव कोरोना महामारीका कारण २०७६ पनि रोकिएको जानकारी दए । अहिले फेरि महोत्सवलाई निरन्तरता दिइएको र खेलकुदमा संलग्न विद्यार्धीहरुलाई चोटपटक लागेमा मन्त्र अस्पताले राम्रो सेवा दिएको उनले बताए । हेल्थ डेस्कबाट प्राथमिक उपचार यही हेल्थ डेस्कको निर्माण गरेर तिन जना स्वास्थ्यकर्मीहरु दिनभरी खटाएर स्वास्थ्य सेवा दिईरहेको उनले बताए ।

१ सय ८ विद्यालय मध्ये अहिले ३८ विद्यालयहरु सहभागिता रहेको उनले बताए । साथै अहिले ब्याटमिन्टन, टेबुलटेनिस, भलिबल, कबडी, दौड, हाईजम्प लङग जम्प, भाला फाल्ने, लगायतका खेलकुद भईरहेको उनले बताए । उत्कृष्ठ मार्चपास गर्ने पाँच विद्यालय पुरस्कारका लागि छनौट गरिएका छन् । ती विद्यालयमा सनलाइट पब्लिक एकेडेमी, सनराइज पब्लिक स्कुल, शिशु विद्या मन्दिर, होली फेमली इङ्गलिश मिडियम स्कुल र न्यू सरस्वती विद्या मन्दिर ऐरी छन् । मार्चपासमा उत्कृष्ठ विद्यार्थीलाई महोत्सव समापनमा पुरस्कार प्रदान गरिने उनले बताए । सुदूरपश्चिम प्याबसनका वरिष्ठ उपाध्यक्ष समरबहादुर चन्दले प्राईभेट क्षेत्रबाट खेलकुदमा उत्कृष्ट खेलाडीहरु उत्पादन गर्नका लागी यो कार्यक्रमको आयोजना गरिएको बताए । साथै उनले राष्टिय तथा अन्तराष्टि स्तरमा पनि खेलाडीहरुलाई जन्माएको बताए । साथै उनले खेलकुद गराउादा अव्यवस्थीत खेल मैदान रहेको बेलामा खेल खेल्दा विद्यार्थीहरुलाई चोट लाग्ने भएपछि मन्त्र अस्पतालले हुल्थ डेस्क स्थापन गरेर सहयोग गरहेको उनले बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img