मानव बेचबिखन रोकथाम कार्यमा दोधारा चाँदनीमा निरन्तर माईती नेपाल क्रियाशिल (भिडियो सहित)


पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिका क्षेत्र भारतको दुई ठुला प्रान्त उत्तराखण्ड र उत्तर प्रदेश संग जोडिएको खुला सिमा क्षेत्र भएको हुदा मानवबेचिखन जस्तो जघन्य अपराधलाई रोक्न माईती नेपाल कञ्चनपुर बिगत लामो समय देखि निरन्तर क्रियाशिल देखिएको छ् । सिमा नाकाबाट हुने मानवबेच बिखन क्रियाकलापलाई रोकथाम तथा न्युनिकरण गर्नमा माईती नेपालको निकै महत्वपूर्ण भुमिका रहदै आएको दोधारा चाँदनी नगरपालिका नगरउपप्रमुख गंगा देबी जोशीले बताएका छन् । दोधारा चाँदनी नगरपालिका– १ महाकाली पक्की पुल (नेपाल–भारत सिमा बस्ती) नजिक माईती नेपाल कञ्चनपुरको सहयोग र सुरक्षित सञ्जाल दोधारा चाँदनीको आयोजनामा जनचेतनामुलक कार्यक्रमको अवसरमा दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगा देबी जोशीले यस्तो बताएका छन् ।

माईती नेपाल कञ्चनपुरको जनचेतनामुलक कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशी भारत जान लागेकाहरुलाई सचेत गराउदै ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा समय समयमा मानव बेचबिखन बिरुद्ध माईती नेपाल कञ्चनपुरले गर्दै आएको निरन्तर जनचेतनामुलक कार्यक्रम निकै महत्वपुर्ण रहेको नगरउपप्रमुख गंगा देबी जोशीले कार्यक्रममा बताएका छन् । दोधारा चाँदनी नगरपालिकाको खुला सिमा क्षेत्रबाट विभिन्न बहानामा दलालहरु खुला सिमानाकाको बाटो भएर भारतको दिल्ली, बम्बई ,महाराष्ट्र, पुना लगाएतका भारतिय शहरहरुमा बेचबिखन गरिने कार्य भएको हुदा माईती नेपाल कञ्चनपुरको मानव बेचबिखन रोक्न तथा ओसारपसरा नियन्त्रण गर्न जनचेतनामुलक निकै सहनिय रहेको नगरउपप्रमुख जोशीको भनाई रहेको छ् ।

नारिहरुको सम्मान र अस्तित्व संग मात्र नभएर यो मानव सभ्यता संग जोडिएको बिषय पनि भएकाले मान्छे ले मान्छे लाई नजानिदो किसिमले बेच बिखन गर्ने कार्य रोक्न सबै क्षेत्रबाट पहलकदमी जरुरी रहेको दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य गगन बहादुर सिंहले बताएका छन् । एक्काईसौ शताब्दीमा पनि मानवले मानवलाई बिभिन्न नाममा शोषण तथा बेच बिखन गर्ने घटना मानवका लागी लाजमर्दो अवस्था रहेकोले यसलाई रोक्न पनि सबै लाग्नुपर्ने वडा सदस्य सिंहको भनाई रहेको छ् । कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगा देबी जोशी, वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, बिक्रम चन्द, वडा सदस्य गगन बहादुर सिंह, पदम राज भट्ट, मनकला खनाल पुजारा, महाकाली झोलुङ्गे पुला अस्थायी प्रहरी चौकीको ईन्चार्ज तथा असई करन बहादुर बिक लगाएत माईती नेपालको टोली, सशस्त्र प्रहरी जवान तथा स्थानियहरुको उपस्थिती रहेको थियो ।

बिगत लामो सयम देखि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा राम्रो कार्य गर्दै आएको भन्दै माईती नेपाल कञ्चनपुरको टोलीलाई दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले धन्यबाद दिएका छन् ।

माईती नेपाल कञ्चनपुरको सहयोग र सुरक्षित सञ्जाल दोधारा चाँदनीको आयोजनामा संचालन गरिएको जनचेतनामुलक कार्यक्रममा दोधारा चाँदनीका नगरउपप्रमुख गंगा देबी जोशी तथा जनप्रतिनिधीहरुले भारत जानेहरु तथा स्थानियहरुलाई पर्चा पम्पलेट बितरण तथा मानव बेचबिखन तथा ओसार नियन्त्रणमा सहयोग गरिदिन आग्रह गरेका छन् । ललाई फकाई जागिर दिलाउने, आर्थिकको लोभ लालचमा पारि बेचबिखन कार्यहरु दलालले गरिरहेको उनले बताएका छन् । बिभिन्न समयमा स्थानिय सरकार संग समन्वय तथा सहकार्य गरि आमनागरिकहरुलाई पनि जनचेतना जगाईने कार्य गरिदै आएको माईती नेपाल कञ्चनपुरका संयोजक भट्टले बताए ।

खुल्ला सीमानाका, गरिबी, बालविवाह, जनचेतनाको अभाव, अशिक्षा लगाएका कारण मानव वेचविखनका घटना भईरहेका माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताएका छन् । ‘खुल्ला सीमानाका, अशिक्षा, गरिबी लगाएतका कारण मानव वेचविखन भईरहेको छ् ।’ संयोजक भट्टले भने, ‘यद्यपी हामी निरन्तर यसका विरुद्ध काम गरिरहेका छौ ।’

संयोजक भट्टले मानव बेचविखन शुन्यमा झार्न सबैले आ–आफ्नो क्षेत्रबाट खट्न समेत सम्पूर्णमा आग्रह समेत गरेका छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img