राष्ट्रपति रनिङ शिल्डको पुर्व तयारीका लागि खेलाडी लाई सामग्री वितरण


कञ्चनपुर: जिल्लाको एक बिद्यालयले राष्ट्रपति रनिङ शिल्डको पुर्व तयारीका लागि सामग्री वितरण गरेको छ।

महेन्द्रनगर स्थित भीमदत्त नगरपालिका वडा नं.११ गड्डाचौकी मा रहेको सिद्धनाथ अमर माध्यमिक बिद्यालयले माघको पहिलो सातामा आयोजना हुने राष्ट्रपति रनिङ शिल्डको पुर्व तयारीका लागि खेलाडीहरु लाई एथलेटिक्स तर्फ दौडका लागि ८ जोड स्पाइक जुत्ता वितरण गरेको खेल सिद्धनाथ अमर मा वि का खेल शिक्षक नितेश रावलले जानकारी दिएको छ।

उनले भने, खेल र खेलाडीहरु लाई मध्यनजर गर्दै राष्ट्रपति रनिङ शिल्डमा एथलेटिक्स तर्फ पदक ल्याउन सहज होस् भन्दै दौडका आवश्यक पर्ने स्पाईक जुत्ता दिएको हो। यो संगै राम्रो नतिजा ल्याउनको लागि विद्यालयमा आन्तरिक छनौट संगै पुर्व तयारी समेत थालिएको छ।


ताजा समाचार

spot_img