शैल्यशिखर मालिकार्जुन सेवा समिति कञ्चनपुरको प्रथम साधारण सभा


धनसिह धामी/कञ्चनपुर : शैल्यशिखर मालिकार्जुन सेवा समाज कञ्चनपुरको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ ।शनिबार महेन्द्रनगरमा शैल्यशिखर मालिकार्जुन सेवा समाज कञ्चनपुरको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको हो । बार्षिक साधारण सभामा समाजको कार्यालय स्थापनाका लागि जमिन दान दिने दाताहरुलाई सम्मान गरिएको छ । भीमदत्त नगरपालिका ३तिलकपुरका कर्ण बहादुर पाल र पार्वती पाललाई सम्मान गरिएको छ । कर्ण बहादुर पालले २२०.०९ र पार्वती पालले १३० बर्गमिटर जमिन दिएका थिए । उनीहरुलाई प्रमाण पत्र, खादा ओढाएर सम्मान गरिएको छ । बार्षिक साधारण सभामा बोल्ने वक्ताहरुले सुदूरको कला, संस्कृति एव बेसाहरा नागरिकको उद्दार, समाजिक कार्यमा जोडदिएका छन ।

साधारण सभाबाट हरिसिह धामीको अध्यक्षतामा नयाँ कार्य समिति विस्तार गरेको छ । उपाध्यक्ष गौरसिह धामी, सचिव आनन्द सिह धामी, सह सचिव पिरिङ्गका चन्द(पाल), कोषाध्यक्ष मानसिह धामी, सदस्यहरु नन्दा धामी, जयदेव विष्ट, गणेश नाथ, बिरभन्द्र जोशी, दुर्गादत्त जोशी, दानसिह धामी, लोकराज पन्त, त्रिलोक सिह सामन्त, दिनेश बहादुर पाल, गणेश सिह चैसिर रहेका छन । हरिसिह धामीको अध्यक्षतामा भएको कार्यक्रमका पुर्वमन्त्री जयदेव जोशी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img